कृत्रिम हातखुट्टा शिविरबाट ३५ लाभान्वित

October 24, 2017

IMG_5155बेनी, ८ कात्तिक । बेनीमा दुई दिनसम्म सञ्चालित कृत्रिम हातखुट्टासम्बन्धी शिविरमा ३५ जनाले सेवा लिएका छन् ।

सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका छन् । 

बेलायतमा बसोबास गर्ने म्याग्देलीको साझा संस्था (मोना) यूके, एनआरएनए यूके र बेनी अस्पतालको आयोजनामा सोमबार र मंगलबार आयोजित शिविरमा कलिला बालबालिकादेखि वृद्धवृद्धाले सेवा लिएको बेनी अस्पतालका क्लिनिकल प्रमुख डा धीरेन मल्लले बताउनुभयो ।

बेनी अस्पतालमा आयोजित शिविरमा दुई दशकदेखि एउटै कृत्रिम खुट्टाको प्रयोग गरेका, आर्थिक अवस्था कमजोर भएर कृत्रिम खुट्टासमेत प्रयोग नगरेका बिरामी आएका थिए ।

शिविरमा अफ्रिकी मुलुक हाइटीमा कृक्रिम हातखुट्टा उत्पादन तथा जडान सम्बन्धि प्रोजेक्टमा कार्यरत एलेक्स, फिजियोथेरापिष्ट एवम् विशेषज्ञ अर्थोपेडिक स्टेफी लगायत पाँचजनाको टोलीले हातखुट्टामा देखिएको समस्या, प्रयोग गर्ने तरिकाका साथै नापजाँच गरेका छन् । बेलायत र अफ्रिकी मुलुकमा कार्यरत चिकित्सकको अनुभव र नापजाँच गरी कृक्रिम उपकरण उपलब्ध गराउने गरी शिविर सञ्चालन गरिएको मोना यूकेका अध्यक्ष कमल बहादुर पुर्जाले बताउनु भयो ।IMG_5126

शिविरमा कृत्रिम खुट्टाको प्रयोगमा आवश्यक पर्ने अभ्याससमेत गराइएको थियो । शिविरमा सडक दुर्घटना, भीरबाट लडेका, द्धन्द्धकालमा बम विष्फोटमा परेका, रुखबाट लडेका, विभिन्न रोगका कारण हातखुट्टा गुमाए म्याग्दीका दुर्गम क्षेत्रका साथै बागलुङ र पर्वतबाट ३५ जनाले लाभ लिएका हुन ।

शिविरमा अपाङ्ग संघ म्याग्दीको प्राविधिक सहयोगका साथै बेनी सामुदायिक विद्यालयका १० जना विद्यार्थीले स्वयमसेवक र अस्पतालका चिकित्सकले समेत सहयोग गरेका थिए ।

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!