नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय ‘ह्विलचेयर बास्केटबल’ प्रतियोगिता हुने

September 9, 2017

सरोकार संवाददाता

काठमाडौं, २४ भदौ ।

wheelchairनेपाल स्पाईनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्गता मैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तरराष्ट्रिय ह्वीचेयर बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ललितपुरमा सम्पन्न हुने यस प्रतियोगिताको बारेमा जानकारी गराएको छ । संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका मानिसहरुले केही गर्न सक्दैनन् भन्ने समाजमा भ्रम रहेको बताईन् ।

त्यस्तै कार्यक्रममा संस्थाका महासचिव तथा प्रतियोगिताका संयोजक ऋषि ढकालले नेपाल लगायत भारत, बंगालादेश र पाकिस्तानबाट प्रतियोगीहरु भाग लिने जानकारी दिएका छन् ।

उनले भने,‘यस कार्यक्रममा वरिष्ठ हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य ‘ब्राण्ड एम्ब्यासडर’ को रुपमा उपस्थित हुनुहुनेछ, यस कार्यमा पत्रकार साथीहरुले साथ दिनको लागि हार्दिक अनुरोध गर्दछु।’

प्रतियोगिताको प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । त्यस्तै उक्त प्रतियोगितामा ४ पुरुष समूह र २ महिला समूहले गरि जम्मा ६ वटा टिमले भाग लिने आयोजकले जानकारी दिएको छ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!