अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धि ऐन पारित भएकोमा दिपावली

August 8, 2017
सरोकार संवाददाता
काठमाडाैं । अपाङ्गता भएका ब्यक्तिको अधिकार सम्बन्धि ऐन २०७४ ब्यावस्थापीका संसदबाट २०७४ श्रावण २२ गते पारीत भएको खुशियालीमा माइतिघर मण्डलामा मंगलबार साझ दिप प्रज्वलन गरियो ।deep prajjolwn
छैटौ पटक मस्यौदा भएर गति लिएपछि पनि पारित हुन करिव झण्डै चार वसन्त पार गरेको भन्दै उक्त अवसरमा राष्ट्रिय अपांग महासंघसहितका विभिन्न संघसंस्थाका तर्फबाट ऐनको कार्यान्वनमा ध्यान दिन आग्रह गरियो ।
उक्त एेननका मुख्य विषेशताहरु : अधिकारमुखी अवधारणाबाट निर्देशित, अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ र नेपालको संविधान २०७२ मा उल्लेखित अपाङ्गता अधिकार सम्बन्धी प्रावधानहरूको भावना र मर्म अनुरुप, अपाङ्गताको परिभाषा र वर्गीकरणमा संशोधन गरी दायरा फराकिलो पारिएको, अपाङ्गताको आधारमा विभेद गर्न नपाइने व्यवस्था र विभेद गर्नेलाई दण्ड सजायको व्यवस्था, अपाङ्गता भएका व्यक्तिहरूका लागि शिक्षा, स्वास्थ्य, रोजगारी लगायत भौतिक संरचना, सूचना तथा सञ्चार आदिमा समान पहुँचको व्यवस्था, संघीय व्यवस्थालाई आत्मसात जस्ता महत्वपुर्ण विषयहरू रहेका छन् ।
bhaojraj Sudarshan raju deep

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!