अपांगता भएका व्यक्तिहरूलाई झुक्यायो राष्ट्र बैंकले

July 31, 2017

देशको केन्द्रीय बैंक, नेपाल राष्ट्र बैंकले अपांगता भएका व्यक्तिहरूलाई झुक्याएको छ । नेपालका सबै दरका बैंक नोटहरूमा ब्रेल संकेत राख्ने भनेर सहमति जनाएको राष्ट्र बैंकले केबल कालो रंगका दुई वटा थोप्लाहरूमात्र नोटमा देखाएर झुक्याएको छ । ती थोप्लाहरू ब्रेल संकेतअनुसारका इम्बोस्ड हुनुपर्नेमा आममानिसलाई झुक्याउनका लागि रंगका थोप्लामात्र छन् ।

Fake brail codeयसबारे प्रतिक्रिया जनाउँदा राष्ट्र बैंकका अधिकारीहरू जहिल्यै पनि बजारमा गइसक्यो, चलनचल्तीमा गइसक्यो, फेरि रिप्रिन्ट गराउँदा लागत बढ्छ भनेर तर्क गर्ने गर्छन । यहाँनेर बुझ्नु पर्ने कुरा के छ भने दिनमा झन्डै साढे ५ लाख थान नोट झुत्रिन्छन् । राष्ट्र बैंकले त्यसको सट्टा नयाँ नोट छपाइ गर्छ, तर नयाँ नोट छपाइ गर्दा पनि त्रुटि सच्याउनेतिर केन्द्रीय बैंकका अधिकारीहरूले ध्यान दिएका छैनन् ।

अर्कातिर तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका समयमा नेपाल राष्ट्र बैंकलाई अपांगताअनुकूल बनाउने र अर्का गभर्नर डा. युवराज खतिवडाको समयमा हरेक बैंक तथा वित्तीय संस्थाले हरेक नगर क्षेत्रमा कम्तिमा एउटा बैंक शाखा अपांगताअनुकूल बनाउनु पर्ने भनेर गरेको प्रतिबद्धता, दिएको निर्देशन अहिले पनि पालना भएको छैन । बैंकहरू आफैले पनि संगठित सामाजिक उत्तरदायित्व (सीएसआर)का नाममा आफ्ना स्टाफले नलगाएको, बिग्रेको पुराना गन्जी बरु बाँडेर मिडियामा प्रचारवाजी गराउँछन्, अहँ, अपांगताअनुकूल सेवा दिनका लागि अपवादका केही बैंकले बाहेक अरुले चासो देखाएका छैनन् ।

यो राष्ट्र बैंकको उदासीनताकै कारण उत्पन्न भएको परिणाम हो । यस्ता बेथितिहरू अथाह छन्।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!