साझा यातायातमा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा

June 27, 2017

sajha-yatayatसरोकार संवाददाता

काठमाडौँ, १३ असार

साझा यातायातले ज्येष्ठ नागरिक, गरिब परिचयपत्र बोकेका नागरिक, अपाङ्गता भएका व्यक्ति तथा पाँच वर्षमुनिका बालबालिकालले समेत निःशुल्क सेवा दिने भएको छ ।

आज महानगरपालिका र साझा यातायातबीच भएको पुरक सम्झौतामा ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा निःशुल्क सेवा दिने उल्लेख छ ।

ज्येष्ठ नागरिकका साथै, क र ख वर्गका अपाङ्गता भएकालाई पनि उपत्यका भित्र साझा यातायातका जुनसुकै बस चढ्दा भाडा तिर्नु नपर्ने साझाले जनाएको छ। अहिले साझा यातायातका बसहरू काठमाडौं उपत्यकासहित बाहिर पनि जान्छन्।

महानगरले प्रदान गरेको ५ करोड रूपैयाबाट साझाले नेपालमै पहिलोपटक भित्रिने ‘सेमी लो फ्लोर’ बस ल्याउनेछ । यसका लागि साझाले आपूर्तिकर्ता कम्पनीसँग सम्झौता गरिसकेको छ । यो बसमा चढ्न र ओर्लन अपांगता भएका तथा अशक्त बिरामीहरुलाई कुनै लिफ्टको जरुरत पर्नेछैन ।

साझाले अहिले ल्याएको बसमा म्यानुअल लिफ्ट छ । जसमा अपाङ्गता भएका व्यक्तिहरुलाई चढाउने र ओराल्ने समयमा समयमा मान्छेले मेहेनत गरेर जोड्नुपर्छ । तर, लो फ्लोरको बसमा भने चढ्न ओर्लन कुनै असहज हुँदैन ।

 

 

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!