अत्यावश्यक सहायक सामाग्रीमा कर छुट गरिने

May 18, 2017

imageकाठमाडौं, ४ जेठ । स्वास्थ्य मन्त्री गगन थापाले अपाङ्गता भएका व्यक्तिका लागि अत्यावश्यक सामाग्रीमा कर छुट गर्ने बताएका छन् ।  अपाङ्गता व्यवस्थापन, रोकथाम, उपचार तथा पुनस्र्थापना निति, रणनीति तथा १० वर्षे कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले यसै आर्थिक वर्षभित्र छुट दिने निर्णय गर्ने बताएका हुन् ।

मन्त्री थापाले भने ‘अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामाग्रीहरु आरामदायी वस्तुमा पर्दैनन्, त्यसैले ती वस्तुमा कर छुट दिनुपर्छ ।’ मन्त्री थापाले कार्ययोजना सार्वजनिक गर्दै कार्ययोजना थन्किएर नबस्ने र छिटै कार्यान्वयनमा जाने बताए ।

‘कार्ययोजना लागु गराउन आजैबाट लाग्छौं, मन्त्री थापाले भने ‘ अपाङ्गता व्यवस्थापन नीति, रणनिति थन्किएर बस्दैन ।’ मन्त्री थापाले स्वास्थ्य क्षेत्रलाई अपाङ्गमैत्री बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । मन्त्री थापाले अपाङ्गता भएकाहरुका लागि लक्षित गर्दै स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन तत्कालका लागि ठूला दुई अस्पताल वीर अस्पताल र ट्रमा सेन्टरमा दोभाषेको व्यवस्था गर्ने समेत बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्र पन्तले निति कार्यान्वयन गर्न चूनौती रहेको बताउदै प्रभावकारी कार्यान्वयनका लागि विभाग आजै बाट लाग्ने प्रतिवद्धता व्यक्त गरे ।  त्यसैगरी, महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण संसदिय समितिकी सभापति सांसद रञ्जुकुमारी झाले अपाङ्गता भएका मध्ये अटिजमलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिईन् । उनले भनिन्, ‘अटिजम भएका बालबालिका र उनका अभिभावकलाई नजिकबाट हेरेको  छु, मानिसहरुमा जनचेतनाको अझै पनि अभाव रहेको छ ।’

साभारः हाम्रो डक्टर.कम

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!