मतदान गर्न अपाङ्गलाई सकस

May 14, 2017

काठमाडौँः निर्वाचन आयोगले शारीरिकरुपमा अपाङ्गता भएका मतदातालाई मतदान केन्द्र अपाङ्ग मैत्री नबनाउँदा समस्या भएको छ।
अपाङ्गता भएकाहरुलाई मतदान केन्द्रमा ह्वील चियर तथा अन्य सजिला सामाग्री नराखिँदा उनीहरुले कष्ठ भोग्नुपरेको हो।
कतिपय मतदान केन्द्रमा शारीरिकरुपमा सक्षम मतदाताकै लाइनमा बसेर अपाङ्गता भएकाहरुले मतदान गर्न बाध्य भए।
केही स्थानमा अपाङ्गता भएका मतदाताले कष्टपूर्ण यात्रा गरी मतदान गर्न पुग्नुपरेको थियो।

स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ का ५४ वर्षीय सुमन गिरी हातखुट्टा टेकेर भोट हाल्न मतदान केन्द्रसम्म आइपुगे।

त्यसैगरी जाजरकोटको लह–४ को मतदान केन्द्रमा अपाङ्गता भएका मतदातालाई डोकोमा बोकेर मतदानस्थलमा पुर्‍याइयो। तर त्यहाँ पनि अपाङ्ग मैत्री मतदान केन्द्र बनाइएको थिएन ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!