जिल्ला शिक्षा कार्यालयको लापरबाहीले सुस्त श्रवण भएका बालबालिका शिक्षाबाट बन्चित

January 4, 2017

दीपक खडका

कपिलवस्तु: कपिलवस्तुको पश्चिम क्षेत्रमा अपाङ्गता भएका बालबालिका  शिक्षाबाट बन्चित भएका छन् । शिक्षा पाउनबाट बन्चित हुनेमा अधिकांश कान नसुन्ने र सुस्त श्रवणका रहेका छन् ।

शिवराज नगरपालिका ११ मा बसोबास गर्दे आएका सुनिता नेपालीले आफ्नो छोरा अंश नेपालीलाई  घर नजिकै रहेको श्री बाल शिक्षा निमावि मा भर्ना नलिएको गुनासो गर्दे भनिन छोरा १० वर्ष पुगिसक्यो, विद्यालयमा भर्ना नै लिँदैनन् ।

बौद्धिक अपाङ्ग भएका कारण कुनै सरकारी वा निजी स्कुलले छोरालाई भर्ना नलिएको उनको गुनासो छ । अपाङ्गता वर्गिकरण अनुसार निलो (ख) वर्गको परिचय पत्र लिए पनि छोराको भविष्य प्रति आफू चिन्तित भएको उनले बताईन् । अपाङ्गता भएका बालबालिकहरूलाई सहज र सुलभ शिक्षा दिनका लागि कपिलवस्तुमा नौ वटा विधालय मार्फत विशेष शिक्षा दिने सूचना जारी भएको छ ।

बहादुरगंज गाविसामा रहेको श्री राम गोरखा उमाविले ५ वर्ष अघि विद्यालयले उक्त कक्षा सञ्चालन गर्न नसक्ने बारे जिल्ला शिक्षा कार्ययालयलाई लिखित जानकारी गराएको थियो । स्रोत कक्षा सञ्चालन लागि बनाइएको भवन समेत प्रयोग विहिन बनेको स्थानीयले बताए ।

अपाङगता भएका व्यक्तिहरूको हकहितका लागि काम गर्दे आइरहेको संस्था अपाङ्ग उत्थान समाजले पटक-पटक यस विषयमा जिल्ला शिक्षा अधिकारी हरि प्रसाद गौतमलाई अवगत गराए पनि बेवास्ता गरेको अपाङ्ग अधिकार कर्मि तथा अपाङ्ग महासङ्घका केन्द्रीय उपाध्यक्ष देवी बहादुर पोख्रेलले बताए ।

विशेष शिक्षा नीति २०५३ ले अपाङ्गता भएका बालबालिकालाई दिने शिक्षालाई अनिवार्य बनाउने, विद्यालयलाई भौतिक रूपमा अपाङ्ग मैत्रि बनाउने, आवश्यकता अनुसार विशेष विद्यालयको व्यवस्था  गरेको हुनपर्ने, अपाङ्गता भएका बालबालिका सबै तहमा निःशुल्क शिक्षा दिने र छात्र वृति दिने नीति ल्याएपनि त्यो कागजमा मात्रै सीमित भएको छ ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!