अपाङ्ग स्रोत कक्षालाई छ लाख सहयोग

January 1, 2017

म्याग्दी, १७ पुस । अपाङ्ग सङ्घ म्याग्दीले प्लान नेपालको सहयोगमा जिल्लाका तीन स्रोत कक्षालाई करिब रु छ लाख बराबरको सामग्री सहयोग गरेको छ ।

जिल्लामा फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउन सञ्चालन भएका स्रोत कक्षालाई शनिबार ती सामग्री हस्तान्तरण गरिएको छ ।

सङ्घले बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति प्रावि, दृष्टिविहीन स्रोत कक्षा सञ्चालन गरेको ज्ञानोदय मावि र बहिरा स्रोत कक्षा सञ्चालन गरेको धौलागिरि मावि प्रत्येकलाई रु दुई- दुई लाख बराबरको लत्ताकपडा, फर्निचनरलगायत सामग्री सहयोग गरेको हो । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!