दृष्टिविहीन पनि साङ्गभन्दा कुनै अर्थमा कमजोर छैनन्

March 12, 2016

। के तपाईंले दृष्टिविहीनलाई कमजोर ठान्नु हुन्छ ? यदि यस्तो सोचाइ राख्नुहुन्छ भने यो गलत धारणा हो । नेपालमा दृष्टिविहीन पनि  आँखा देख्ने साङ्गभन्दा कुनै अर्थमा कमजोर छैनन् ।
नेपालमा हाल चारजना दृष्टिविहीनले विद्यावारिधि गरिरहेका छन् । त्यस्तै स्नातकोत्तर तहमा ५५ जना, स्नातक तहमा १५० तथा एसएलसीमा ८५० जना महिलाले अध्ययन गरिरहेको छ ।

नेत्रहीन महिला सङ्घ नेपालले यहाँ आयोजना गरेको अन्तक्रियामा कार्यपत्र प्रस्तोता नीरा अधिकारीले कुल एक लाख महिला दृष्टिविहीनमध्ये १३४ महिला दृष्टिविहीनले रोजगारी पाएको जानकारी दिनुभयो । दृष्टिविहीन रहनुभएका उहाँ शाखा अधिकृतमा कार्यरत हुनुहुन्छ ।

उहाँका अनुसार शिक्षण पेसामा १०२ महिला, गैरसरकारी संस्थामा छ महिला दृष्टिविहीन, टेलिफोन अपरेटरमा छ दृष्टिविहीन महिला, उद्यमीतर्फ एक जना, सङ्गीततर्फ पाँच, निजामतितर्फ तीन चिकित्सा क्षेत्रमा तीन तथा औद्योगिक क्षेत्रमा चार महिला दृष्टिविहीन कार्यरत छन् ।
कार्यक्रममा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईंले दृष्टिविहीनले पनि समाजमा सपाङ्गले भन्दा धेरै क्षमता प्रस्फुटन गरेको बताउँदै उनीहरुलाई प्रोत्साहन दिन कोषले सहयोग गरिरहेको बताउनुभयो ।
नेत्रहीन महिला सङ्घका अध्यक्ष सीता सुवेदीले नेत्रहीनको विकासका लागि सरकारले खासै पहल नगरेको भन्दै आफ्नो क्षमताबाट रोजगारीमा व्यवस्त नेत्रहीनले राष्ट्रियरुपमै योगदान गरिरहेको बताउनुभयो । रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!