राज्यबाट सहयोग अपेक्षामा दीपेन्द्र शाक्य

October 9, 2015

 Dipendra_Sakya-_JpEGअपाङ्गता आन्दोलनका एक अथक यात्री दीपेन्द्र शाक्य आफै भने हिडडुल गर्न सक्दैनन। हातखुट्टा चलाउन नसक्ने, बोल्न नसक्ने यी युवा अपांगतासम्बन्धी विषयका हरेक प्रदर्शनहरूमा प्यासिभ व्हीलचेयरमा सबैभन्दा अगाडि  आमा वा अन्य सहयोगीका साथ देखा पर्छन । सम्मानित सर्वोच्च अदालतका निर्णयअनुसार यस्ता अतिअशक्त अपाङ्गता भएका व्यक्तिका लागि राज्यले मासिक १० हजार भत्ता दिनुपर्ने, सहयोगीका समेत व्यवस्था गर्नुपर्ने भए पनि अहिलेसम्म उनले राज्यबाट नाममात्रका सामाजिक सुरक्षा भत्ता पाएका छन । उक्त रिट निवेदन दीपेन्द्रकै तर्फबाट दायर भएको थियो । वास्तविक अशक्त त सरकार छ, जो देशमा भएका ३० लाख अपाङ्गता भएका व्यक्तिका लागि जीउने भत्ता दिन सक्दैन, अनि भ्रष्ट कार्यकर्तालाई लाखौँ बाँडेर राज्यको ढुकुटी सकिरहेको छ । यो देशका सबै राजनीतिक दलका नेता, हालसम्म प्रधानमन्त्री, मन्त्री भएका, सभासद भइसकेका व्यक्तिहरू दीपेन्द्रभन्दा लाचार अपाङ्गता अवस्थामा भएका नाममात्रका जीवित प्राणी हुन, जसका मनमा मानवीय संवेदना छैन ।

दीपेन्द्रका कथाव्यथा उनकै शब्दमाः

डाँडा काँडा वन पाखा हरियाली वनजङ्गलको काखमा, चारैतिरबाट छाल हान्दैहान्दै सुसाईरहेको खोला नालाको साथमा दिउँसोभरी चिरविर चिरविर गर्दै घुमफिर गर्ने चराचुरुङ्गीहरु बास बसिरहेको सुनसान जुनेली रातमा २०३६ साल भदौ २४ गते विहिबारको दिन साँझ साँढे ८ बजे भक्तपुरको इनाचोक वडा नं ६ मा मेरो जन्म भएको हो । मेरो बुबा हिराकाजीशाक्य र आमा मैया शाक्यको कोखबाट जन्मिएका हामी तीन दाजूभाइमध्ये म माईलो भाइ हुँ । हामी तीन दाजूभाइमध्ये मेरो कथा व्यथा छुट्टै छ । समयले मानिसलाई कहाँबाट कहाँसम्म पु¥याउँदोरहेछ । कहिल्यै दुःखकष्टको अनुभव नगरेका मेरो बाबा र मेरी आमा जब मेरो जन्म भयो मेरो घर परिवारलाई धेरै दुःख भयो । १० महिनासम्म कोखमा बोकेर मलाई जन्म दिएकी मेरी आमाको निम्ति आसम्म मैले केही गर्न सकेको छैन । यसमा मेरो पनि के नै दोष छ र ? मेरी आमाको निम्ति, घर परिवारको निम्ति, म बस्ने समाजको निम्ति र मेरो देशको निम्ति केही केही गरौं भन्ने चाहना मेरो पनि नभएको होइन । मन त छ नि यो देशको एउटा सपुत छोरा बन्ने । चाहना त छ नि समाजको निम्ति एउटा असल छोरा बन्ने । सपना त छ नि घर परिवारको जिम्मेवार इमान्दार छोरा बन्ने । तर के गर्नु मेरा यि सपना, चाहना सबै मनभित्र जलेर खरानी भयो । जन्मदा त म राम्रै जन्मेको मान्छे । म जन्एिको आठ दिन हुन नपाउँदै म ठूलो बिरामी भएँ । ठूलै रोगको शिकार हुन पुगें । म बिरामी भएका कारण मेरी आमाले धेरै संघर्ष गर्नुभएछ । मलाई काखिमा च्यापेर दिनको चर्को घामपानी नभनी, रातको निन्द्रा नभनी, भोक प्यासको कुनै परवाह नगरी कहिले अस्पतालमा त कहिले धामी झाँक्रिको ढोका ढक्ढक्याउन पुग्नुभएछ । अति अशक्त म जस्तो छोराको निम्ति मेरी आमाको यति धेरै माया देखेर कहिले खुसीले रुन्थे त कहिले आप्mनै शारीरिक अवस्थाको दुःखले रुन्थे । आजकाल पनि यस्तै सम्झनाले रुवाउँछ । सम्झन्छु, सायद यो संसारमा मेरी आमाजस्तो महान व्यत्तिः अरु कोही छैन होला । म विरामी भएको कारण चेत विचेत भएकी मेरी आमा एकदिन ललितपुरको पाटन अस्पताल पुग्नुभएछ । त्यहाँ महेन्द्र नाम गरेका डाक्टरले मेरो उपचार गर्नुभएछ । पछि विस्तारै विस्तारै म ठिक हुँदै गएँ । दैबको लेखा पनि कस्तो ? कसैलाई सम्पूर्ण चिजले भरिपूर्ण बनाईदिन्छन त कसैलाई जिन्दगीबाटै बञ्चित गराईदिन्छन् । उपचारको क्रममा म ठिक त भएँ तर पूर्ण रुपमा अशक्तको रुपमा । नत हिँडडुल गर्नलाई गोडा चल्यो । न त आप्mनो काम आपैंm गर्नलाई हात चल्यो । न त मनको कुरा भन्नलाई मुख बोल्यो । मात्रै अरुका कुरा सुन्न कानले काम ग¥यो । कति रोएँ । कति कराएँ । रोएर पो के नै पाउनु थियो र ? सारा जिन्दगी नै गुमाई सकेपछि । मनमा अनेक थरिका कुराहरु खेल्न थाले । आज आएर मेरो जिन्दगीलाई फर्केर हेर्दा मरिसकेको मान्छे म किन बाँचे जस्तो लाग्छ । बाँचेर पो के नै गर्न सकें र ? धिक्कार छ मेरो जिन्दगीलाई ।

भगवानसँग पलपल प्रार्थाना गर्ने गर्छु हे भगवान मलाई जस्तो पीडा र दुःख अरुलाई नदिनु । किनकी मलाई मात्र थाहा छ अपूरो र अधुरो जिन्दगी लिएर जीउनुको अर्थ । मनमा धेरै रहरहरु छन् मेरा यि रहर, मेरा यि चाहना र यि सपनाहरु अधुरै रह्यो । न कहिँ हिडडुल गर्न सक्छु न केही बोल्न सक्छु । आप्mनो लागि आपैंm कमाएर खाने त के कुरा खाना बनाएर ठिक्क पारेर अगाडी राखिदिएको खाना खानसमेत नसकेर टुलुटुलु हेरिरहनु बाहेक अरु विकल्प के नै छ र ! सम्झँदा पनि मन भक्कानो फुटाइ रुन मन लाग्छ । हे भगवान ! किन यस्तो जन्म दियौ ? मलाई कुन जुनीको पापको सजाय दियौं ? (अपाङ्गता हुनु कुनै पापको परिणाम होइन । विश्वभर तपाई हामीजस्तै लाखौँ व्यक्तिले अपाङ्गताको जीवन जीउनु परिरहेको छ । यो एक नियतिमात्र हो, जुन रोगका कारणले, दुर्घटनाका कारणले उत्पन्न भएको हो- सम्पादक) यस्तै अनेक प्रश्नहरु गर्न मन लाग्छ । आज मेरो बुबा बितेको पनि २१ वर्ष भइसक्यो । एउटा असल छोरा बनेर घरजम गरेर मेरी आमालाई बुढेसकालको साहारा एउटा कुशल बुहारी ल्याएर हेरचाह गर्नुपर्ने ठाउँमा आज म ३६ वर्षको लक्का जवान उमेरमा पनि आमाले जसरी सानोमा स्याहार गर्नुपर्छ त्यसरी नै गर्दै आउनुभएको छ । मेरो जीवन जीउने साहारा भनेकै मेरी आमा हुन् । यदि मेरी आमा नै नभए मरेतुल्य हुनेछु । जन्मेपछि मर्नै पर्ने दैवको लेखा नै हो । कुन दिन काल आउँछ टपक्क टिपेर लग्छ । न त रोएर फर्कन्छ । न त खोसेर ल्याउन सकिन्छ । मेरी आमा बिना म उक्लो हुने छु । केवल एक्लो । मात्र एक्लो । मनमा अनेक थरिका कुराहरु खेल्छन् । जीन्दगी लिन जति सजिलो भयो त्यो भन्दा कैयौं गुना गार्हो भयो जीउनलाई । के गर्ने कसो गर्ने अलमलमा छु । मेरो दुःख र मेरो भावनालाई बुझ्ने मेरी आमा बाहेक अरु कोही छैन ।

त्यसकारण २०६९ साल बैशाखमा अति अशक्त अपाङ्गले महिनाको १० हजार रुपैयाँ पाउनुपर्छ, त्यसको साथै सहयोगी सेवा पाउनुपर्छ भनेर नेपाल सरकारलाई विपक्षी बनाएर मुद्दा हालें । नेपालले १० हजार दिन सक्दैन । महिनाको एक हजार पाएकै रहेछौ । सरकारलाई पाँच हजार सम्म दिन सर्बोच्च अदालतले २०७० साउन २९ गतेका दिन पैmसला ग¥यो । तर, आज (२०७२ असोज १० गते)सम्म पनि पैmसला अनुसारको रकम पाएको छैन । न त सहयोगी सेवा नै पाएको छु । हामी अपाङ्गता भएकाहरु भाग्यबाट ठगिएर विभिन्न कारणबाट अपाङ्ग बन्छौं । (अपाङ्गता भाग्यका कारण होइन दुर्घटना वा रोगका कारण हुन्छ ।) हामी आपैंm पीडित हुन्छौं । त्यसमाथि पनि यो समाज, यो दुनिया त के कुरा सरकारले समेत हामीलाई पछाडी पारेको छ । म मात्र नभइ सम्पूर्ण अपाङ्गता भएका साथीहरुको तर्पmबाट सरकार मात्र नभई राष्ट्रिय अन्तरराष्ट्रिय संघसंस्था, व्यक्तिहरुमा के अनुरोध गर्न चाहन्छु भने हामीसँग पनि केही गर्ने क्षमता छ । हामीलाई केही अवसर दिएमा हाम्रो बारेमा केही सोचिदिएमा हामी अपाङगता भएकाहरुको जीवनमा केही परिवर्तन आउँथ्यो जस्तो लाग्छ । सम्पूर्ण चिजबाट बञ्चित भएका हामी २०७२ बैशाख ११ गते आएको विनाशकारी भूकम्पका कारण झनै पीडित बनेका छौं । कतिको परिवार नै नास भयो त कति टुहुरा बने । सहारा विहीन र अनाथ भएकाहरुको संख्या पनि ठूलै छ । मरेका र घाइते भएका बाहेक अरु सबै मानिस सडक, चौरमा आई पालमुनी बस्न बाध्य भए । अभैm पनि झलझली सम्झन्छु त्यो भूकम्पको दिन । म घरभित्रै पुरिएको थिएँ । दाइले भ्mयालबाट आएर निकाल्नुभयो । बस्ने घर नै भत्किए पछि कहाँ जानु ? घर न घाटको भएँ । स्वाबलम्बन जीवन जीउनुपर्छ भन्ने चेतना घन्काउँदै र अपाङ्गता भएका व्यक्तिहरुको हकहीतका लागि काम गर्न खुलेको स्वाबलम्बन जीवन पद्धति केन्द्र काठमाडौंको म कार्यसमिति सदस्य छु । यहि सँस्थाले भूकम्पपीडत अपाङ्गता भएकाहरुलाई बस्न अस्थायी शिविर सञ्चालन गरेको थियो । त्यही बसे । जावलाखेलको खेल मैदानमा रहेको शिविरलाई उठाएर अहिले च्यासल लगिएको छ । जावलाखेलमा हामी ७३ जना थियौं । कहिले २६ जना सँगै छौं । च्यासलबाट पनि शिविर हटाउने भन्ने निधो भइसक्यो । अब के गर्ने ? कसो गर्ने ? धेरै चिन्ता लाग्छ । हामी ७३ जनामध्ये जजस्को स्थिति राम्रो थियो उनीहरु सबै फर्किएर गए । तर जो जो बाँकी छौं सबैको अवस्था नाजुक रहेको छ । फर्केर जाउँ त बस्ने घर छैन । यतै कतै बसौं त पहिलो कुरा हामीजस्तो अपाङ्गता भएकाले कोठा नै पाउँदैन । यदि पाइहाले पनि आप्mनो खर्च जुटाउन निकै गा¥हो छ । न हामीसँग धन सम्पति छ न जागिर छ । हामीजस्ता अपाङ्गता भएकाहरुलाई जीवन चलाउन निकै गा¥हो छ । जेजस्तो भएपनि आजसम्म स्वाबलम्बन जीवन पद्धति केन्द्र काठमाडौं (नाममा काठमाडौं भएपनि कार्यालय ललितपुरको चाकुपाटमा रहेको छ ।)ले जे जति ग¥यो त्यसमा म मात्र नभई मेरा सम्पूर्ण अपाङ्गता भएका साथीहरु कृतज्ञ हुनुहुन्छ ।
अन्त्यमा,
सम्पूर्ण अपाङ्गहरु एक भएमा जीत हाम्रो हुन्थ्यो !
फुटेर जानुभन्दा जुटेर जानु राम्रो हुन्थ्यो !!
अधिकार खोज्दै अगाडी बढे हित हाम्रो हुन्थ्यो !
जति पुग्छ त्यति बाँडेर खानु राम्रो हुन्थ्यो !!
एकले अर्कालाई कदर गरे मित हाम्रो हुन्थ्यो !
स्वार्थी यात्रा गर्नुभन्दा सबैलाई लानु राम्रो हुन्थ्यो !!

(यो आलेखमा लेखिएका भावनाहरु अति अशक्त अपाङ्गता भएका भक्तपुरका दिपेन्द्र शाक्यको हो । उनको भावनालाई भूकम्पपीडित शिविरमा सँगै बसेकी अपाङ्गता भएकी गंगा छन्त्याल (९८६०१६८२६५)ले लेख्नु भएको हो । यसमा व्यक्त भावनाहरु लेखकका निजी विचार हुन् ।)

साभारः नेपाल मिडिया अनलाइन http://nepalmediaonline.com/

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!