नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्चकाे विरोधमुलक ध्यानाकर्षण कार्यक्रम

July 30, 2015
???????????????????????????????

काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई दबाबमुलक ध्यानाकर्षण पत्र नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्चका महासचिव रमेशबाबु तिवारीले हस्तान्तरण गदै ,

स.स साउन १४, काठमाडौं । नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्चको आयोजनामा काठमाडौं महानगरपालिकामा सडक तथा सडकपेटी निर्माणमा हुने ढिलासुस्ति, अपांगता अमैत्री सडकपेटी निर्माण सन्दर्भमा विरोधमुलक ध्यानाकर्षण कार्यक्रम यहि साउन १२ सम्पन्न भयो । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका सडक तथा भौतिक संरचना निर्माणमा हुने गरेको हेलचेक्र्याइँ तथा अपांगता मैत्री हुनुपर्ने सरकारी नीतिका बाबजुद पनि निर्माणकार्य गर्नु भन्दा पहिल्यै सडक संरचनाहरु भत्काउने र समयमै नबनाउने तथा बनाईएका सडकपेटीहरु पनि अपांगता मैत्री नभएकाले विरोधस्वरुप गत असार २५ गते ज्ञापन पत्र हस्तान्तरण सहित भएको छलफल कार्यक्रम पछि पनि सो सम्वन्धमा सरोकारवालाहरुको विचमा छलफल कार्यक्रम आयोजना गरी समस्या समाधानको प्रक्रिया दु्रत गतिमा अगाडि बढाउने आपसी मौखिक सहमतिका बाबजुद महानगरपालिकाले सो सम्वन्धमा प्रभावकारि कार्यान्वयन गर्न नसकेकोले पचासौंको संख्यामा रहेका विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरुको सहभागितामा ¥यालिसहितको दबाबमुलक कार्यक्रम गरिएको हो ।
कार्यक्रमको अन्त्यमा काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई दबाबमुलक ध्यानाकर्षण पत्र बुझाईयो । ध्यानाकर्षण पत्र ग्रहण ???????????????????????????????गर्नुहँुदै कार्यकारी प्रमुख तामाङले अपांगतामैत्री भौतिक संरचना निर्माण गर्ने कार्य महानगरपालिकाको नीति योजनामा प्राथमिकतामा रहेको बताउनुहुँदै आगामि दिनमा महानगरपालिकाको भौतिक संरचना निर्माण गर्दा अपांगतामैत्री बनाउन काठमाडौं महानगरपालिका प्रतिबद्धरहेको बताउनु भयो । कार्यक्रममा साहित्यकार तथा वरिष्ठ अपांगता अधिकारकर्मी गोविन्दप्रसाद आचार्यले महानगरपालिकाले अपांगतामैत्री भौतिक संरचना नबनाउँदा अपांगता भएका व्यक्तिहरु पिडित भएका प्रति रोष प्रकट गनुहुँदै सरोकारवाला निकायका अधिकारीहरुको योग्यतामाथि प्रश्न चिन्ह उठेको बताउनु भयो । आयोजक संस्थाका अध्यक्ष बाबुकृष्ण महर्जनले महानगरपालिका भित्रका भौतिक संरचना निर्माणमा सरोकारवाला निकायहरुबिच समन्वय नभएकोमा गुनासो व्यक्त गर्नुभयो । नेपाल होचापुड्का संघका अध्यक्ष बिष्णुलाल गुरुङले अपांगताको सवालमा महानगरपालिका संवेदनशील नभएकोले अपांगता भएका व्यक्तिहरुले धेरै दुःख भोग्न बाध्य भएको बताउनु भयो । काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङलाई दबाबमुलक ध्यानाकर्षण पत्र नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्चका महासचिव रमेशबाबु तिवारीले हस्तान्तरण गर्नु भएको थियो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!