सुझाव दिने यो धोको….

July 22, 2015
  • अशोक दाहाल/मदन ठाकुर  रौतहट– जब नयाँ संविधानको प्रारम्भिक मस्यौदाको धारा ४७ (१) मा दृष्टिविहीनलाई समावेशी सिदान्तमा उल्लेख नगरिएको थाहा पाए, रौतहटको गौर नगरपालिका – ८ का दृष्टिविहीन सरोज कोशरीलाई यो व्यवस्था पटक्कै चित्त बुझेन। संविधानसभाका सदस्यहरु मस्यौदामा जनताको राय सुझाव लिन आ– आफ्नो निर्वाचन क्षेत्रमा आउने थाहा पाएपछि आफूलाई चित्त नबुझेको यही विषयमा सुझाव राख्न सोमबार सबेरै उठेर उनि गौर नगरपालिका कार्यालय पुगे।
 विवाद र झडपका कारण रौतहट क्षेत्र नं १ को राय सुझाव संकलन कार्यक्रम प्रभावित बनेपछि, पेशाले जुद्ध उच्च माध्यमिक विद्यालयका शिक्षक केशरीको धोको अधुरै रह्यो। उनीले त्यतिमै चित्त बुझाएर बसेनन्। जिल्लाको क्षेत्र नं २ मा सोमबारै १२ बजे सुझाव संकलन कार्यक्रम तय गरिएको थाहा पाएपछि आफ्नो सुझाव राख्न समयमै राजपुर, फरहदवा पुगेर पालो पर्खिए। अपशोच, उनको पालो नआउँदै मस्यौदाप्रति असन्तुष्ट केही मधेशकेन्द्रित दलका स्थानीय नेता तथा कार्यकर्ताको अवरोधका कारण त्यहाँ पनि सुझाव संकलन अवरुद्ध बन्यो। वर्षौंसम्मका लागि बन्न लागेको नयाँ संविधानमा आफूलाई चित्त नबुझेको सुझाव राख्ने उत्कट चाहाना केशरीले त्यत्तिसम्म पनि त्याग्न सकेनन् ।
क्षेत्र नं ३ मा मस्यौदाबारे सुझाव संकलन कार्यक्रम चलिरहेको थाहा पाएपछि टन्टलापुर घामको राप छिचोल्दै उनि कार्यक्रम स्थल पुगे- गौरबाट २७ किलोमिटर टाढाको मौलापुर। अन्तत उनको पालो आयो।sujab ratahatसंविधानको प्रारम्भिक मस्यौदामा आफ्नो सुझाव राख्दै दृष्टिविहीन सरोज केशरी। तस्विरः मदनकार्यक्रम सञ्चालकले नै दृष्टिविहीन भनेर बोल्न समय दिएपछि मञ्चमा बसेका सभासद् प्रभु साहले पनि उनको कुरामा विषेश चासो दिँदै डायरीमा लेखेर राखे।

‘हमनी के भगवान् उपरेसे अन्धा बनाके पठाएलेबा, लेकिन अपने सब भी अन्धा नबनाउ। हमनीके हक अधिकार यी संविधानमेँ सुनिश्चित होएके चाहि” स्थानीय भाषामै उनले सुझाव दिए।

साभार  http://www.nagariknews.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!