शिक्षक सेवा आयोगकाे स्थायी लाईसेन्सको विज्ञापन खुल्यो

April 21, 2015

काठमाडौं ८ बैशाख / शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी अध्यापन अनुमतिपत्र लाईसेन्सको विज्ञापन खुलाएको छ । वैशाख ७ गते देखि २७ गते सम्म फारम भर्न पाउने गरी पाँचै विकास क्षेत्रका शिक्षा निर्देशनालयमा दरखास्त दिन सकिने आयोगले जनाएको छ । दोब्वर दस्तुर तिरेर जेठ ३ गते सम्म फारम भर्न पाईने छ ।

शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको तथा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा माध्यमिक तहको दस महिने तालिम लिएकाहरुले आवेदन गर्न पाउने छन् ।

आठ वटा विषयमा तालिम प्राप्त नभएपनि दरखास्त दिन पाईने गरी विज्ञापन गरिएको छ । अङ्ग्रेजी, गणित विज्ञान, कम्प्यूटर,  लेखा, सिभिल इन्जिनियरिङ,  इलेक्ट्रिकल इन्जिनियरिङ र पशुपालन वा बाली विज्ञान विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेकाहरुले स्थायी अध्यापन अनुमतिपत्र लाईसेन्सको परीक्षामा सहभागि हुन सक्नेछन् ।

आयोगले निकालेको सूचना


नेपाल सरकार
शिक्षक सेवा आयोग
सानोठिमी, भक्तपुर

स्थायी अध्यापन अनुमतिपत्रका लागि लिइने परीक्षाको विज्ञापन – २०७२

विद्यालय तहमा अध्यापन गर्न इच्छुक व्यक्तिहरूलाई लिखित परीक्षाद्वारा स्थायी अध्यापन अनुमतिपत्र दिने प्रयोजनका लागि देहायको योग्यता पुगेका उम्मेद्वारहरूबाट रितपूर्वकको दरखास्त आह्वान गरिन्छ ।
विज्ञापन नं. : २८/०७१/०७२

तह : माध्यमिक
परीक्षाको किसिम : लिखित
परीक्षा दस्तुर : रु.७००।–

दरखास्त दिने स्थान :

क्षेत्रीय शिक्षा निर्देशनालय, पूर्वाञ्चल, धनकुटा
क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यमाञ्चल, हेटौँडा
क्षेत्रीय शिक्षा निर्देशनालय, पश्चिमाञ्चल, पोखरा
क्षेत्रीय शिक्षा निर्देशनालय, मध्यपश्चिमाञ्चल, सुर्खेत
क्षेत्रीय शिक्षा निर्देशनालय, सुदूर–पश्चिमाञ्चल, दिपायल

दरखास्त दिने मिति : २०७२ वैशाख ०७ गतेदेखि २०७२ वैशाख २७ गतेसम्म (दोब्बर दस्तुर तिरी २०७२ जेठ ०३ गतेसम्म )
परीक्षा मिति : २०७२ साल असार १३ गते बिहान ८ः०० बजे
परीक्षा केन्द्र : सम्बन्धित क्षेत्रीय परीक्षा समन्वय समितिले तोकेका परीक्षा केन्द्रहरू

आवश्यक न्यूनतम योग्यता :
– शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
– स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी शिक्षा विषयमा कम्तिमा माध्यमिक तहको दसमहिने तालिम लिएको

देहायका विषयका हकमा तालिम प्राप्त नभए पनि दरखास्त दिन सक्नेछन् :

(क) अङ्ग्रेजी मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको
(ख) गणित मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण गरेको
(ग) विज्ञान मूल विषय लिई स्नातक BSc वा सो सरह उत्तीर्ण गरेको
(घ) कम्प्यूटर विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
(ङ) लेखा विषय लिई व्यवस्थापन विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
(च) सिभिल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
(छ) इलेक्ट्रिकल इन्जिनियरिङ विषयमा स्नातक वा सो सरह उत्तीर्ण गरेको
(ज) पशुपालन वा बाली विज्ञान विषयमा स्नातक BSc-Ag वा सो सरह उत्तीर्ण गरेको

द्रष्टब्य :

– अध्यापन अनुमतिपत्रको दरखास्त फाराम यस आयोगको वेबसाइट www.tsc.gov.np बाट डाउनलोड गरी लिन सकिने छ ।
– उम्मेद्वारहरूले दरखास्त फारामका साथ पेस गर्नुपर्ने कागजातहरू :
– स्नातक तहको ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपी ।
– नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी ।
– माध्यमिक तहको १० महिने तालिम लिएको भए सो प्रमाणपत्रको प्रतिलिपी ।
– उपर्युक्त कागजातहरू उम्मेद्वार स्वयंले प्रमाणित गरी पेश गर्नुपर्ने छ । क्षेत्रीय शिक्षा निर्देशनालयले सक्कल प्रमाणपत्र र
दरखास्तसाथ पेश भएका कागजातहरू दुरुस्त भए नभएको रुजु गरी दरखास्त लिनुपर्ने छ । विदेशी संस्थाबाट प्राप्त प्रमाणपत्रको
हकमा समकक्षताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ ।

– दोब्बर दस्तुरको म्यादलाई शैक्षिक योग्यता र तालिमको प्रयोजनका लागि गणना गरिने छैन ।
– दरखास्तको अन्तिम मिति सम्ममा १८ वर्ष उमेर पुगेको हुनुपर्ने छ ।
– शिक्षक सेवा आयोग नियमावली (संशोधनसहित), २०५७ को नियम ६ घ वमोजिम देहायको व्यक्तिले दरखास्त दिन सक्ने छैन :
– गैर नेपाली नागरिक
– १८ वर्ष उमेर नपुगेको
– मगज बिग्रेको
– नैतिक पतन देखिने फौज्दारी अभियोगमा अदालतबट कसुरदार ठहरिएको
– भविष्यमा सरकारी नोकरी वा शिक्षक सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको ।
– परीक्षा दस्तुर क्षेत्रीय शिक्षा निर्देशनालयमा वा क्षेत्रीय शिक्षा निर्देशनालयले तोकेको राजस्व खातामा जम्मा गर्नुपर्नेछ ।
– अध्यापन अनुमतिपत्रको पाठ्यक्रम, विशिष्टीकरण तालिका र नमूना प्रश्नपत्रहरू आयोगको वेबसाइट www.tsc.gov.np बाट
डाउनलोड गरेर पनि लिन सकिनेछ ।
– उम्मेद्वारलेजुन क्षेत्रीय शिक्षा निर्देशनालयमा दरखास्त फाराम भरेको हो सोही निर्देशनालयबाट मात्र परीक्षामा सामेल हुन पाउनेछ ।
– दरखास्त फाराम कुनै पनि शर्त राखी स्वीकृत गरिने छैन ।
– सवै क्षेत्रीय शिक्षा निर्देशनालयहरूले यसै सूचनालाई आधार मानी दरखास्त फाराम भर्ने भराउने व्यवस्था मिलाउनुहुन अनुरोध छ ।

साभार http://edukhabar.com/

Comments

One Comment on शिक्षक सेवा आयोगकाे स्थायी लाईसेन्सको विज्ञापन खुल्यो

  1. nabin thapa on Sun, 30th Jun 2019 2:10 am
  2. birendranagar 8 surkhet

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!