मध्यमाञ्चलको लोक सेवा आयोगको विशेष तयारी कक्षा आज सकियाे
२०७१ बैशाख १८ काठमाडौं, नेपाल सरकार महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयको चालु आ।व।०७०र०७१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्नु पर्ने मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका ४० जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रा.प. अनंक्ङित अप्राविधिक पदहरु (प्रथम र द्धितिय श्रेणी) सम्बन्धि लोक सेवा आयोगको विशेष तयारी कक्षा अाज समापन भएकाे छ ।
बैशाख ४ देखी सुरू भएको यो कक्षा १५ दिन सञ्चालन भएकेा हेा ।मन्त्रालयले यस्तै प्रकारका तयारी कक्षाहरु संचालन गरेता पनि अपाङ्गता भएका व्यक्तिहरुको लागी पहिलो पटक संचालन गर्न सहयोग गरेको हो। पहिलो पटकको येा कक्षा पुर्ण रूपमा सपmल भएकेा महिला तथा बालबालिका कार्यालय काठमाण्डौंका का।मु प्रमुख शारदा बस्यालले बताउनु भयेा ।
लोक सेवा आयोगको विशेष तयारी कक्षा का बिधार्थीहरू पनि यस कक्षा बाट पूर्ण लाभान्वित भएकाे बताएका छन् । शरिरीक १८, दृष्टि बिहिन र न्यून दृष्टि भएका १७ ,बहिरा र सुस्त श्रवण भएका ३ ,होचा १ र भक्भके १ जना गरी ४० जनाको सहभागीता रहेको थियाे । बिशेसज्ञहरू बाट अपाङ्गता भएका व्यक्तिहरुको लागी सजीलेा तरीकाले अपाङ्ग मैत्री वातावरण मा पढ्न पाएकेा र बहिरा बिधार्थीका लागी देभासेकेा पनि ब्यबस्था रहेके थियेा ।
Comments
Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!

