महिला दृष्टिविहिन क्रिकेट प्रतियोगीता सम्पन्न – आयोजक लुम्बिनी बिजेता(फोटो फीचर सहित)

April 27, 2014

कृष्ण खनालबुटवल, १४ बैशाख । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजनामा शुक्रवारबाट बुटवलमा जारी क्षेत्रीय महिला दृष्टिविहिन टि–२० क्रिकेट प्रतियोगीतामा आयोजक एकिकृत लुम्बिनी दृष्टिविहिन क्रिकेट क्लव च्याम्पीयन बनेको छ । बागमती दृष्टिविहिन महिला क्रिकेट संघ लाई लगातार ३ पटम सम्म हराएर अयोजक च्याम्पीयन बनेको हो ।
आईतबार भएको अन्तमीम खेलमा लुम्बिनी दृष्टिविहिन क्रिकेट संघले काठमाण्डौको बागमती दृष्टिविहिन क्रिकेट क्लवलाई ७० रनको फराकीलो अन्तरले हराएको हो । टस जितेर पहिला ब्याटिङ्ग गरेको लुम्बिनी दृष्टिविहिन क्रिकेट क्लवले १ सय ५६ रनको योगफल तयार परेको थियो । १ सय ५७ रनको टार्गेट लिएर मैदानमा उत्रिएको बागमती दृष्टिविहिन क्रिकेट क्लवले सबै विकेट गुमाउदै मात्र ८६ रन बनाएको थियो । आईतबारको खेलमा म्यान अफ द म्याच सिता पठक भई्न । यसरी लुम्बिनी दृष्टिविहिन क्रिकेट क्लवले काठमाण्डौको बागमती दृष्टिविहिन क्रिकेट क्लवलाई ३–० अंकले हराउनुको साथै सिरिज समेत कब्जा गरी च्याम्पीयन बनेको छ ।
यसैविच आईतबार नै प्रतियोगीताको समापन गरिएको छ । बुटवल नगरपालिकाका सामाजिक साखा अधिकृत दामोदर ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला विकास समिति रुपन्देहीका समाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरे को विशिष्ठ आतिथ्यता रहेको थियो ।
दृष्टिविहि क्रिकेट संघका केन्द्रीय महासचिव तथा दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष विमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका प्रमुख प्रेम मर्हजन, राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीका सचिव लेखनाथ ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै विद्यार्थी नेताहरुः नेविसंघ केन्द्रीय सदस्य जमुना ढकाल, अनेरास्ववियु केन्द्रीय सचिवाल सदस्य बसन्त ढकाल, नेविसंघ बुटवल क्याम्पस अध्यक्ष विक्रम राना, दृष्टिविहिन क्रिकेट क्लव लुम्बिनीकी टिम क्याम्पटेन गिता पौडेल, बागमती टिम क्याप्टेन सुनिता घिमिरे लगायतले मन्तव्य राखेका थिए । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका सचिव दामोदर जिसीको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष निर्मल पौडेल र नेत्रहिन युवा संघका टिकाराम उपाध्ययले स्वागत मन्तव्य राखेका थिए ।
प्रतियोगीतामा म्यान अफ द सिरिज हुने दृष्टिविहिन क्रिकेट क्लव लुम्बिनीकी खेलाडी गिता पौडेललाई विषेश आर्थिक पुरस्कार समेत प्रदान गरिएको थियो त्यस्तै २०६४ सालमा भएको दृष्टिविहिन क्रिकेट प्रतियोगीतामा क्लवलाई महत्पूर्ण खेल प्रस्तुत गरी योगदान दिने खेलाडी गणेश सापकोटलाई पनि नगद सहित सम्मान गरिएको थियो ।
01

02

003

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!