क्षेत्रीय महिला दृष्टिविहिन क्रिकेट प्रतीयोगीता सुरु (फोटो फीचर सहित)

April 25, 2014

कृष्ण खनाल  बुटवल, १२ बैशाख ।
दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीको आयोजनमा शुक्रवारबाट बुटवलमा सुरु टि–२० ‘क्षेत्रीय महिला दृष्टिविहिन क्रिकेट प्रतियोगीतामा आयोजक विजयी भएको छ ।
बुटवल–१३ देविनगरमा रहेको बाणिज्य क्याम्पस खेल मैदानमा भएको पहिलो खेलमा आयोजकले बागमती दृष्टिविहिन क्रिकेट क्लवलाई हराएको हो ।
टस जितेर पहिला व्याटिङ्ग गरेको लुम्बिनी दृष्टिविहिन क्रिकेट क्लवले १ सय ४१ रन बनाएको थियो । १ सय ४२ रनको टार्गेट लिएर जवाफि मैदानमा उत्रीएको बाग्मती दृष्टिविहिन क्रिकेट क्लवले ९ विकेटको क्षतीमा मात्र १ सय १ सय १८ रन मात्र बनाएको थियो । यसरी १३ रनले आयोजक विजयी बनेको हो । प्रतियोगीतमा १० रन खर्चे र ४ विकेट लिने दृष्टिविहिन क्रिकेट क्लवकी गीता पौडेल म्यान अफ दि म्याच घोषित भईन् ।
प्रतियोगीताको शुक्रवार एक कार्यक्रका विच उद्घाटन गरिएको थियो । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष विमल पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बुटवल नगरपालिका कार्यकारी अधिकृत बाबुराम गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल दृष्टिविहिन क्रिकेट संघका केन्द्रीय अध्यक्ष पवन घिमिरेको विशिष्ट आत्यिता र बुटवल नगरपालिकाका सामाजिक विकास अधिकृत दामोर ज्ञवाली, रुपन्देही नेत्रहिन पुनस्थापना कार्यउक्रम संयोजक प्रेम महर्जन, जिल्ला विकास समिति रुपन्देहीका प्रतिनिधी एकनारायण खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका सचिव दामोदर जिसीले गरेका थिए।
DSC02320 (640x480)
DSC02334 (640x312)
DSC02337 (640x480)

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!