अपाङ्गता अनुकूलको भौतिक संरचनाकाे लागी ज्ञापनपत्र बुझाइयाे

April 11, 2014

काठमाडौं, २८ चैत, अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी चैत २७ गते शिक्षा मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र काठमाडौं जिल्ला विकास समितिका योजना अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।

विद्यालय तथा सम्पूर्ण विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री शौचालय, लिफ्ट, प्रवे10262221_10203743485773532_3377027134201623009_nशद्वार र कक्षाकोठा बनाइनुपर्ने र अपाङ्गता अनुकूलको भौतिक संरचना भएको आवासीय शिक्षाको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवनपद्धति केन्द्रको अगुवाइमा सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शिक्षामन्त्री चित्रलेखा यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।

ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री यादवले अपाङ्गता भएका व्यक्तिले उठाएका जायज माग पूरा गराउनका निमित्त आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!