ह्याण्डिक्याप इन्टरनेशनल अब अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक भबनमा (फोटो फीचर सहित)

April 7, 2014

चैत्र २४ काठमाण्डौं,  ह्याण्डिक्याप  इन्टरनेशनल नेपालले काठमाण्डौंमाआज एक कार्यक्रमक आयोजना गरी अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक  भबनको उद्धघाटन गरेको छ। ह्याण्डिक्याप इन्टरनेशनलका संस्थापक कर्ता श्री जिन ब्यापटीस्टी रीचाडीएर र नेपालका लागी फ्रान्सका राजदुत महामहिम श्री मी मार्टिन बार्सीरेउ को उपस्थीतीमा उद्धघाटन गरीएको यो भबनको पहिलो तल्ला पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको छ साथै नेपालमा पहिलो पटक कार्यलय सम्बधि जानकारी ब्रेल लिपीमा पनि राखीएको छ।
ह्याण्डिक्याप इन्टरनेशनलले सन् २००० देखी नै नेपालमा अपाङ्ता भएका ब्यक्तिहरु लाई उनीहरुको जोखीम कम गर्न तथा सामाजिक जीवनमा सहभागीताको अवसरहरुमा सुधार ल्याउनको लागी काम गर्दै आई रहेको छ। यो संस्थाले बिश्ब प्रशिद्ध बिभिन्न पुरस्कार प्राप्त गरेको छ र सन् १९९७ को नोवेल शान्तिको पुरस्कारको सह बिजेता पनि रहेको थियो।
ह्याण्डीक्याप इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर श्री सारा ब्लेनले स्वागत् मन्तव्य राखी कार्यक्रमको सुरुवात गर्नु भएको थियो। युनीसेफका नेपाल प्रतिनिधि श्री हाना सींगरले A disability –inclusive Nepal “अपाङ्गता समाबेसी नेपाल”को संचार अभियानको उद्घाटन गर्नु भएको थियो। साथै राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सूर्दशन सुबेदी, WHO का प्रतिनिधि डा ईड्वीन र समाज कल्याण परिषद् का निर्देशक मदन प्रसाद रिमालले अपाङ्गता र नेपालको हालको अवस्था माथी चर्चा गर्नु भएको थियो।

राष्ट्रिय अपाङ्ग महासंघले ह्याण्डीक्याप इन्टरनेशनल र युनीसेफको सहयोगमा बनाईएको अपाङ्ग बालबालिका र समाबेसीता  समेटिएको जनचेतना मूलक प्रचार समाग्री पनि यसै कार्यक्रममा देखाईएको थियो ।एक खुट्टाको साहाराले नृत्य प्रस्तुत गरी प्रतीभावान कलाकार रोमा न्यौपाने कार्यक्रम समापन गर्नु भएको थियो।
01

ह्याण्डिक्याप इन्टरनेशनलका संस्थापक कर्ता श्री जिन ब्यापटीस्टी रीचाडीएर र नेपालका लागी फ्रान्सका राजदुत महामहिम श्री मी मार्टिन बार्सीरेउ को उपस्थीतीमा उद्धघाटन  गर्दै ।

02

ह्याण्डीक्याप इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर श्री सारा ब्लेन भबनकाे जानकारी दिदै ।

 

03

नेपालमा पहिलो पटक कार्यलय सम्बधि जानकारी ब्रेल लिपीमा

04

 श्री जिन ब्यापटीस्टी रीचाडीएर ह्याण्डिक्याप इन्टरनेशनलका बारेमा जानकारी दिनुहुदै ।

05

एक खुट्टाको साहाराले नृत्य प्रस्तुत गर्दै  कलाकार रोमा न्यौपाने

06

ह्याण्डिक्याप इन्टरनेशनल द्धारा उत्पादित सहायक सामाग्री

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!