सुस्त मनस्थिति भएकी छोरी बलात्कार गर्नेलाई २२ वर्ष जेल सजाय

April 6, 2014

चैत २३, बनेपा । जिल्ला अदालतले सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय सुनाएको छ । काभ्रे जिल्ला अदालतले काभ्रेको पात्लखेत गाविस-८ बस्ने कृष्णबहादुर तामाङलाई जेल सजाय सुनाएको हो ।
अदालतले जर्बजस्ती करणी महलको ३ (५) बमोजिम सात वर्ष, सो महलको ३ (ङ) बमोजिम सुस्त मनस्थितिलाई करणी गरेकाले थप पाँच वर्ष र हाडनाता पर्ने छोरीलाई करणी गरेकाले करणी महलको १ र जर्बजस्ती करणीको २ नं बमोजिम १० वर्षसहित २२ वर्ष सजाय भएको अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भण्डारीले जानकारी दिए ।
विसं २०६९ चैत १० गते भएको घटनापछि प्रहरीले तामाङविरुद्ध २०७० वैशाख ५ गते अदातलमा जर्बजस्ती करणीको मुद्दा दायर गरेको थियो ।
साभार रासस

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!