के अपाङ्ग सबैको बोझनै हुन् त?

March 9, 2014

टेक भण्डारीtek bhandari

मैले यो जीवनमा कति ठाउँहरु देखें, त्यहाँ कहीँ पनि व्ह्लि चियरको लागि वास्ता गरिएको छैन। पहिले परिवारमा नै यी बोझ भएका छन्। त्यस पनि समुदायमा पनि बोझ नै हुन्? सँघ सँस्थाहरुले पनि आफुले उनीहरुको नाउँमा खाने बाटो गर्छन् तर वास्तविक वास्ता गर्दैनन्। उनीहरुले त गरेन्न् राष्ट्रले पनि वास्ता गरेको छैन।
घरमा काम गर्न नसक्ने भएको कारण बोझको हिसाबले हेरिन्छ। कति आमाहरुले पनि बेवास्ता गरेको देखेको छु। आमाले वास्ता गर्दिनन् भने परिवारका अरु सदस्यहरुले के गर्लान्? तर परमेश्वरलाई धन्यवाद होस् कति ब्यक्ति वा सँघ सँस्थाहरुले साीह तरीकाले वास्ता पनि गरेका छन्।
म आँखा अस्पताल त्रिपुरेश्वरमा गएको थिएँ। अस्पताल पनि ह्वीलचियर मैत्री छैन। अस्पताल जस्तो ठाउँमा पनि किन यस्तो भन्दा मेरो नजिकै केहि जुनिएर डाक्टरहरु कुरा गर्दै हुनुहुन्थ्यो। मैले डाक्टर साहेब यस्तो किन भन्दा उहाँहरुले नेपालीको पहिलै यस्तो बुद्धि आए देश किन यस्तो हुन्थ्यो भन्नुभयो। बैंकहरु हेर्नुहोस्, नेबिल बैंक शाखा कुपण्डोलमा मात्र ह्वीलचियर मैत्री देखेकोे छु। स्टान्डर चार्टर बैंक जावलाखेल मानभवन, ग्लोबल बैंक कुपण्डोल, कृषि विकास बैंक कुपण्डोल, एभरेष्ट बैंक पुल्चोक, लक्ष्मी बैंक पुल्ाचोल, सियर मार्केट पुतली सडक, नेपालका चर्च भवनहरु, मठ मन्दिरहरु,गुम्बा,मस्जीद सभा गृह, नेपाल टेलिफोन अफिस जावलाखेल, होटल रेष्टुरेण्टहरु, खानेपानी सँस्थानको जावलाखेलमा बिल तिर्न सक्ने बनाईएको छ तर पनि धेरै भैतिक पूर्बाधारहरु अपाङ्ग मैत्री बन्न सकेका छैन्न् । अर्को मुख्य स्कूल कलेज जस्ता निकायहरु त व्हिल चियर जान सक्ने बनाइएका छैन्न् ,कसरी बिद्यार्थीहरुले शिक्षा पाउने।

baluwatar in front of Russian embassy

बालुवाटार प्रधानमत्री निबास नजिकैको फुटपाथ ,जसमा साधारण मानिसलाई पनि हिड्न कठिन छ ।

यो देशमा दर्शन नभएका नेताहरु, उच्च पदस्थ कर्मकारीहरु, ईञ्जिनियरहरु छन् जसको रेख देखमा भवनहरु बन्छन्। वास्ता गर्नु पर्ने सरकारले नै व्हिल चियर चलाउनेहरुको लागि वास्ता गर्दैन भने कसले गर्ने? सरकारी र गैह्र सरकारी कार्यलयहरु प्राय व्ह्लि चियर मैत्रीे छैनन्। मैले केहि तालिम लिन खोजेको थिएँ, तर कतै पनि व्हिल चियर मैत्री ठाउँ पाईन। बजारमा जान्छु केहि किनमेलको लागि पसलमा पुग्न सक्ने ठाउँ छैन। सडक पेटि बनाईएको र बनाईदै छन् ह्वीलचियर मैत्री बनाईदै छैनन्। यसकारण मैले भनेको के अपाङ्क बिशेष गरी ह्वीलचियर चलाउनेहरु सबैको लागि बोझ नै हुन् त? अफिसमा काम गर्दै गरेका छन् भने, आर्थिक अभावको कारण अन्तराष्ट्रिय गैह्र सरकारी सँस्थामा पनि एउटा कर्मचारीले भित्र बाहिर काम गर्नु पर्ने भएको कारण व्हिल चियर चलाउनेहरुलाई हटाउने वा काम नै नदिने प्रबृति बढ्दोछ। सेवा गर्न भनि आएका सँस्थाहरुको त यो चाला छ भने हामीले कसको आशा गर्ने। भृकुटी मण्डपमा हाल सालै नयाँ बनाईएका प्रदर्शन स्थल हेर्नोस् कतैबाट व्हिल चियर जाने बाटो देख्नु भएको छ? प्राय राजनैतिक ब्यक्तिहरुलाई मात्र दोष देखाउने गरिन्छ, तर मेरो देखाईमा त यिनीहरु बिलकुलै क्षणिक मात्र हुन तर स्थायी सरकार त कर्मचारीहरु नै हुन्। बिशेषगरी उच्च पदस्त कर्मचारीहरुले आफ्नो स्थानमा ईमान्दारीसाथ रहने हो भने मन्त्रिहरुले सचिबहरुको सहायता नलिएर कसरी काम गर्न सक्नु हुन्छ? उहाँहरुले आफ्नो प्रमोसन र राम्रो ठाउँमा सरुवा पाउँ भनी हात नमोल्ने हो भने यो देशको अनुहार बेग्लै हुन्छ जस्तो लाग्छ मलाई। प्राविधिकहरुले आफुले पढेको र केहि नयाँ किसिमले काम गर्ने हिम्मत राखेर काम गर्नु भयो भने कति राम्रो हुने थियो यो देश। सुरक्षाकर्मीहरुले पनि कानुन अनुसार गर्नु पर्ने राम्रो हुने थियो। नागरिकहरुले पनि आफ्नो कर्तब्य बिर्सनु कदापि हुँदैन। हामी सबै मिलेर यो देशको मुहार फेर्ने कोशिस गर्रौं। धन्यवाद।

लेखक भण्डारी ह्वीलचियर प्रयोग कर्ता हुनुहुन्छ।
लेखकको ठेगाना
पो बा नं. ३१५५
काठमाडौ, नेपाल।
गोरखा हाल ललितपुर
tek_nepal@hotmail.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!