२० गाविसमा सामुदायीक सचेतना कार्यक्रम सम्पन्न

March 3, 2014

विवेक खड्का

फागुन १९

अपाङ्ग मानवअधिकार एवं सरोकार मञ्च नेपाल दाङको आयोजनामा दाङकाे २० गाविसमा यहि फागुन १२ गते सामुदायीक सचेतना कार्यक्रम सम्पन्न भएको छ।
दाङका,हलवार,विजौरी,नारायणपुर,ढिकपुर,धर्ना,काभ्रे,सतवरीया,चैलाही,सिसहनीया,राजपुर,मानपुर,हापुर,सौडियार,लक्ष्मीपुर,रामपुर,सैघा,गढवा,गंगापरस्पुर,गोवरडिहा र वेला गाविसका महिला समुह,वचत समुह,आमा समुह,वडा नागरीक मञ्च,स्वमसेविका समुह विभिन्न स्वाभलम्वन समुह,वन उपभोक्ता समुह,विद्यालयमा सचेतना कार्यक्रम गरीएको हो। कार्यक्रममा अपांगता भएका व्यक्तीहरुको सामाजिक सहभागीता,अपांगता भएका व्यक्तीहरुको नागरीक तथा राजनैतिक अधिकार,अपांगताको जिल्ला,गाविस एवं राष्ट्रिय तथ्याङक तथा उनिहरुको अवस्था, सम्मानीत शव्दावलीहरु,अपांगताको परिभाषा लगाएतका विषयमा छलफल भएको अपांग मानवअधिकार एवं सरोकार मञ्च नेपाल दांगका सहजकर्ता विवेक खड्काले जानकारी दिनु भएको छ। २० गाविसका सचेतना कार्यक्रमहरुमा महिला तथा पुरुष गरी ४ सय वढीको सहभागीता रहेको थियो। कार्यक्रमको सहजीकरण सहजकर्ता विवेक खड्का र सुशिला वि.सि.ले गर्नु भएको हो।

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!