सातौं अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस भब्यताका साथ सम्पन्न(फोटो फीचर सहित)

March 1, 2014

काठमाण्डौं,फागुन १०- अाज मार्च १ अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले र्‍याली तथा कार्यक्रमको आयोजना गरी काठमाण्डौंमा ७ औं अन्तर्राष्ट्रिय ह्वीलचियर दिवस मनाईएका छन् ।
तपाई बिशेष हुनुहुन्छ –म विशेष छु (You are Special –I am special) भन्ने मुल नाराका साथ मनाईएको आजको कार्यक्रम नेपाल लगायत बिश्व भरी नै बिभिन्न कार्यक्रमका साथ मनाईदै छ।
प्रशिद्ध हास्य जोडी मह मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्य मूख्य अतीथि रहेको आजको कार्यक्रममा , ह्वीलचियर लाई सर्ब सुलभ बनाउन मद्यत गर्दै आउनु भएको राकेश हमाललाई मूख्य अतीथिहरुले सम्मान गर्नु भएकाे थियो।सोहि अबसरमा सभासद रामेश्वर फुयाल ,राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुर्दशन सुवेदी ,राकेश हमाल लगायत मूख्य अतीथिहरु मदन कृष्ण श्रेष्ठ र हरीवंश आचार्यले अपाङ्ग मैत्री वातावरण तथा अपाङ्ग मैत्री संरचना बनाउनु पर्ने तर मैत्री वातावरण र संरचना कम रहेकोमा दुख ब्यक्त गर्दै अझै यस क्षेत्र धेरै काम गर्न बँाकि रहेको बताएका थिए।आजकै कार्यक्रममा कलाकार संन्जय वान्तवाले “अबरोधहरु मुक्त समाज” मा आधारीत चित्र बनाउनु भएको थियो र सोहि चित्रमा ह्वीलचियर प्रयोग कर्ताहरुले हस्ताक्षर गर्नु भएको थियो।
२०० जना ह्वीलचियर प्रयोग कर्ताहरु सम्मीलित सो कार्यक्रममा मूख्य अतीथि हरीवंश आचार्यले रिबन काटि र मदन कृष्ण श्रेष्ठले झण्डा देखाई सुरु गरीएको र्‍याली भृकुटि मण्डप ,भद्रकाली रत्नपार्क हुदै कार्यक्रम स्थल भृकुटि मण्डपमा आई समापन भएको थियो।

(फोटो फीचर – पल्लव पन्त)

01

कार्यक्रमको लागी तयार हुदै ह्वीलचियर प्रयोग कर्ताहरु

02

कार्यक्रमको लागी तयार हुदै ह्वीलचियर प्रयोग कर्ताहरु

03

कार्यक्रमको लागी तयार हुदै ह्वीलचियर प्रयोग कर्ताहरु

04

कलाकार संन्जय वान्तवाकाे “अबरोधहरु मुक्त समाज “मा आधारीत चित्रमा हस्ताक्षर गदै ह्वीलचियर प्रयोग कर्ता

05

सम्मान ग्रहण गर्दै राकेश हमाल

06

मूख्य अतीथि हरीवंश आचार्यले रिबन काटि र मदन कृष्ण श्रेष्ठले झण्डा देखाई सुरु गरीएको र्‍याली

09

कलाकार संन्जय वान्तवा “अबरोधहरु मुक्त समाज मा आधारीत चित्रका साथमा

08

र्‍याली भृकुटि मण्डप ,भद्रकाली रत्नपार्क तर्फ जादै

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!