मनीषाको अर्को प्रयोग

February 23, 2014

काठमाडौ, फाल्गुन ११ – अघिल्लो उपन्यासमा मनीषा गौचनले यौनसँग जोडिएको लाहुरे समुदायका भित्री कुरा र पुरुष वेश्याको सन्दर्भ उधिनेकी थिइन् । ‘वल्लीको डायरी’ पछि यस पटक उनले दृष्टिविहीनमाथि भिन्न प्रयोग गरेकी छन् । दृष्टिविहीनले टेक्ने लौरो ह्वाइट केनलाई विम्ब बनाएर उपन्यास लेखेकी छन्, ‘ह्वाइट केन’ । एक दृष्टिविहीन पात्रको प्रेम, संघर्ष र जीवनको क

manishako_20140223102323

था समेटिएको उक्त उपन्यासको श्रव्य पुस्तक पनि बजारमा आएको छ ।

पारस नेपालको स्वर र जुगल डंगोलको संगीत संयोजन रहेको श्रव्य पुस्तक नेपाल

‘एकजना दृष्टिविहीनसँग संगत बढ्दै गएपछि म उनको व्यवहारले प्रभावित भएँ । दृष्टिविहीन पनि हामीजस्तै त रहेछन् भन्ने अनुभव गरें । र, उनीसँग उपन्यास लेख्नको लागि आवश्यक सहयोग मागें ।’ मनीषाले लेखनमार्फत समाजमा केही राम्रो सन्देश जाओस् भनेर आफू सधैंं सचेत रहने गरेको उल्लेख गर्दै थपिन्, ‘यो उपन्यास पनि अपंगता भएका र नभएका व्यक्तिबीचको सामाजिक दूरी मेट्ने दिशामा मेरो प्रयास हो ।’नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्बूले राजधानीमा शनिबार सार्वजनिक गरे ।

श्रव्य पुस्तक विमोचनसँगै उपन्यासबारे परिचर्चामा साहित्यकार कृष्ण धरावासीले मान्छे नाक, कान, आँखाले नभई दिमागले चल्ने टिप्पणी गर्दै भने, ‘उपन्यासको मुख्य पात्र भास्वत् जति शक्तिशाली र आत्मनिर्भर छ, त्यति नै राम्रो पनि छ । मनीषाजीले राम्रो विषयवस्तुको उठान गर्नुभएको छ ।’

उपप्राध्यापक नीति अर्याल खनालले ‘ह्वाइट केन’ ले अपंगताबारे मात्रै नभई यौनिकताको आवाज, महिला आवाजको पनि उजागर गरेको बताइन् ।

दृष्टिविहीनहरूलाई लक्ष्य गरी ल्याइएको श्रव्य पुस्तक पनि सांगि्रला बुक्सले नै निकालेको हो ।

साभार- ekantipur.com

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!