बैसाखी र लट्ठी लिएर गाडी चढेका खतिवडाले अपाङ्ग सिट लेखिएको ठाउँ अगाडि उभिए तर अपाङ्ग सिटमा आसिन व्यक्तिले सिट छाडेनन्
धादिङ ७ जेठ । आदमघाटबाट धादिङबेसीका लागि गाडी चढेका शारीरिक रुपमा अपाङ्ग भएका धादिङको कुम्पुरका गुणराज खतिवडाले धादिङ यातायातको बसमा उभिएरै यात्रा गर्नुपयो । एउटा हातमा बैसाखी र अर्को हातमा लट्ठी लिएर गाडी चढेका खतिवडाले अपाङ्ग सिट लेखिएको ठाउँ अगाडि उभिए ।
बैसाखीको सहारामा उभिएको देखिरहेका र अपाङ्ग सिटमा आसिन व्यक्तिले सिट छाडेनन् । खतिवडाले अपाङ्ग सिटमा बस्नुहुने व्यक्ति पनि अपाङ्ग नै हो भनेर सोध्दा सिटमा आसिन व्यक्ति घोसेमुन्टो लगाएर बसिरहे । Read more
Include them
DWAIPAYAN REGMI
Persons with disabilities
Disability is a long term physical or mental ‘impairment’ that substantially limits one or more life activity of a person. One billion persons with disabilities in the world face physical, social, economic and attitudinal barriers that exclude their participation as equal member of the society. The sad fact is people with disabilities are world’s poorest people. They lack equal access to basic resources such as education, employment, and healthcare along with social and legal support systems. Read more
पुर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्ति,बहिरा तथा सुस्तश्रवण्,श्रवणदृष्टी बिहिन,दृष्टिबिहिन,बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूका लागि अत्यावश्यक सहयोगी सेवा निर्माणका लागि निर्देशिका निर्माणका लागि अन्तरक्रिया समपन्न
काठमाण्डौं,५ जेठ इन्डिपेन्डेन्ट लिभिंग सेन्टरले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयसँगको साझेदारीमा पूर्ण र अति अशक्त अपांगता भएका व्यक्तिहरूका लागि अत्यावश्यक सहयोगी सेवा निर्माणका लागि निर्देशिका निर्माणका लागि बिभिन्न चरणमा छलफल अगाडि बढाइरहेको र त्यसमा पुनः छलफल गर्न आज युनाइटेड वल्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा छलफल कार्यक्रम सम्पन्न गरीयो । Read more
‘बोसियामा’ रमाउदै मस्तिष्क पक्षाघात, मस्कुलर डिस्ट्रोफि तथा स्नायु सम्बन्धि समस्या भएका भएका वालवालिका
कृष्ण खनाल बुटवल,४ जेठ । सुस्तमनःस्थिती बाल विद्या मन्दिर बुटवलमा अध्ययन गर्दै गरेकी रुपा आत्रेयको दैनिकी विद्यालयमा आयो अध्ययन ग¥यो अनि घरफर्कियो पुनः अर्को दिन त्यस्तै गरी वित्ने गर्दथ्यो ।
मस्कुलर डिस्ट्रोफिबाट समस्या ग्रस्त रहेकी आत्रेयले कयौ पटक टेलिभिजनको पर्दामा साङ्ग व्याक्तिहरुले फुटवल खेलेको देखेकी थिईन् । फुटवल मात्र होईन उनी अभिभावकसंग साँझको समयमा ‘ईभिनिङ्ग वाक’मा निस्कदा बाटोमा दर्जन भन्दा बढि वालवालिकाले क्रिकेट तथा भलिवल र फुटवल खेलेको देखेकी थिईन् । Read more
अडियो पुस्तक तथा अडियो सामाग्री वितरण कार्यक्रम सम्पन्न
काठमाण्डौं,३ जेठ दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुका लागि अडियो पुस्तक र अडियो सामग्री वुटवलमा यहि बैशाख ३१ वितरण गरिएको छ । राष्ट्रिय अपाङ्ग मानव अधिकार संरक्षण मञ्च र अष्ट्रेलियन राजदुतावासको संयुक्त सहकार्यमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुलाई शिक्षामा पहुँच पु्याउने कार्यक्रम अन्तरगत ५० जना लाई वुटवल बहुमुखी क्याम्पसमा अडियो पुस्तक तथा अन्य सन्दर्भ सामाग्री वितरण गरिएको छ । Read more
संकेतले सहज भो जीवन
ठाकुरसिंह थारू बाँके, जेठ २ – महादेवपुरी ५ की हस्तकली खत्रीका तीन छोराछोरी कान नसुन्ने, बोल्न नसक्ने फरक क्षमताका भएपछि उनीहरूसँग दिल खोलेर कुरा गर्न सकेकी थिइनन् । आफ्नै सन्तानका कुरा नबुझ्दा उनको मन जलेको थियो । उक्त परिवार इसाराका भरमा चल्दा एकअर्काको भावना बुझ्न सकेका थिएनन् । हस्तकलीले गाउँमै सञ्चालन भएको सांकेतिक भाषा तालिममा छोरा, छोरीसँगै सहभागी भएपछि सहज भएको छ । अहिले उनीहरूको परिवारमा एकापसको कुरा बुझ्न कुनै समस्या नभएको उनले बताइन् । Read more
बिश्व पहुँचयुक्त सचेतना दिवश सम्पन्न
काठमाण्डौं,१ जेठ अपाङ्गता भएकाहरुलाई सूचनाको समान पहँुचको लागी सुरु भएको गोल्बल एक्सीसीबिलिटि अबरनेस डे(GAAD) नेपालमा पनि मनाईयो । सन् २०११ देखी अमेरीकाका बेब डेबलपर जोई डेभोनले अपाङ्गता भएकाहरुलाई सूचनाको समान पहँुचका हुनु पर्छ भनेर सुरु गरेको सचेतना लाई बिश्व ब्यापी बनाउदै,नेपालमा पनि बिगत दुई बर्ष देखी राष्ट्रिय शारीरिक अपाङ्ग संघ नेपालको अगुवाई मनाउदै आई रहेको छ । Read more
लोक सेबाकाे परीक्षा प्रणाली अपाङ्गमैत्री नभएको गुनासो
काठमाण्डौं,३१ वैशाख लोकसेबाको परीक्षा दिन बृहस्पती बिद्या सदन नकसाल गएका धादिङ्गका राजु रेग्मी तब अच्चममा परे जब लोक सेबा आयोगको परीचय पत्र देखाउदा पनि परीक्षा संचालन गर्न खटाईएका कर्मचारीहरु बाट अनाबश्यक मानसीक तनाब झेल्नु प¥यो । Read more
गाउँमै अपाङ्ग परिचयपत्र पाएर खुसी
महोत्तरी, ३० वैशाख । जिल्लाको खयरमारा गाउँमै अपाङ्ग परिचयपत्र पाएपछि अपाङ्गहरू खुसी भएका छन् ।महिला तथा बालबालिका कार्यालय महोत्तरी र स्वयम् सहायता समूह खयरमाराको आयोजनामा गाविस कार्यालय र लालगद अस्पतालको सहयोगमा सो गाउँका ४६ जना अपाङ्गलाई परिचयपत्र वितरण गरिएको महिला विकास कार्यालयका प्रमुख चन्द्रकुमारी व्यञ्जनकारले बताउनुभयो । Read more
अपाङ्ग हुनु पनि वरदान
डा. योगी विकासानन्द -
अमेरिकी राजनैतिक इतिहासमा दर्जनौं राष्ट्रपति भए तर इतिहासले सबभन्दा बढी सम्झना गर्ने तीन राष्ट्रपतिहरू भेटिन्छ– क्रमशः अब्राहम लिङ्कन, जर्ज वासिङ्गटन र तेस्रो फ्राङ्कलिन डिलानो रुजवेल्ट । Read more
