बलात्कार जोखिममा सुस्त र अपांग
६ बैशाख, २०७१ ,नरहरि सापकोटा,गोरखा-
सुस्त मनस्थिति तथा अपांग महिला–बालिका बलात्कारको अधिक जोखिममा रहेको पाइएको छ। बलात्कारपछि घटना बाहिरिने सम्भावना कम हुने आशमा पीडकले यस्ता महिला तथा बालिका पछ्याउने गरेका हुन्। अपराध लुकाउन सजिलो होस् भनेरै उनीहरूले तुलनात्मक रूपमा बालिकालाई चंगुलमा पार्ने गरेको भेटिएको छ। Read more
नेपाल नेत्रहीन संघले १२ बुँदे घोषणा पत्र सार्वजनीक (घोषणा पत्रकाे पूर्ण पाठ सहित)
२०७१ बैशाख ५ ,काठमाडौं – नेपाल नेत्रहीन संघले हालै बुटवलमा सम्पन्न नवौ महाधिवेशनबाट पारित १२ बुँदे घोषणा पत्र सार्वजनीक र नयाँ कार्य समिति संग पत्रकार भेटघाट कार्यक्रम आज होटल हार्दिक बागबजार मा सम्पन्न गर्यो ।
आगमी ३ बर्षे कार्यकालका लागि रमेश पोखरेलको अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा रुपमा राई, महा सचिवमा शुरेशचन्द्र न्यौपाने, कोषाध्यक्षमा सुगम भट्टराई, सचिवमा शिशिर खनाल रहेका छन् । यसैगरी महिला सदस्यहरुमा रुपमा भुषाल, प्रतिमा लामा, तारा ढकाल, सावित्रा कोइराला र दावा शेर्पा रहेका छन् । Read more
मध्यमाञ्चलको लोक सेवा आयोगको विशेष तयारी कक्षा आज देखी सुरु
२०७१ बैशाख ४ काठमाडौं, नेपाल सरकार महिला,बालबालिका तथा समाज कल्याण मन्त्रालयको चालु आ।व।०७०र०७१ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सञ्चालन गर्नु पर्ने मध्यमाञ्चल विकास क्षेत्रका १९ जिल्लाका ४० जना अपाङ्गता भएका व्यक्तिहरुको लागि रा.प. अनंक्ङित अप्राविधिक पदहरु (प्रथम र द्धितिय श्रेणी) सम्बन्धि लोक सेवा आयोगको विशेष तयारी कक्षा महिला तथा बालबालिका कार्यालय काठमाण्डौको संयोजनमा आज देखी पद्म कन्या मा.बि डिल्लीबजारमा सुरु भएको छ। Read more
Vacancy at National Federation of the Disabled Nepal (NFDN)-राष्ट्रिय अपाङ्ग महासंघमा रोजगारीको अबसर
National Federation of the Disabled Nepal (NFDN) is the national umbrella organization of persons with disabilities representing more than 300 member organizations throughout the country. NFDN is seeking for qualified personnel for the following position to work under the project agreed with International Foundation for Electoral Systems (IFES) for developing leadership and increasing electoral participation of the persons with disabilities in Nepal. Read more
१२ बुदे बुटवल घोषणा पत्र जारी गर्दै नेत्रहिन संघको अधिबेशन सकियो अध्यक्षमा पोखरेल निर्वाचित
२०७१ बैशाख २ ,कृष्ण खनाल ,बुटवल ।
नेपाल नेत्रहिन संघको नवौ केन्द्रीय अधिबेशन १२ बुदे बुटवल घोषणा पत्र जारी गर्दै बुटवलमा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको अधिबेशनमा १ सय ५० भन्दा बढि प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संघले समावेशी राजनीतक संयन्त्रको परिकल्पनालाई सार्थक बनाउन अपाङगता भएका व्यक्तिहरुलाई सबै तहमा प्रतिनीधित्व गराउनुपर्ने माग समेत गरेको छ । Read more
अपांगतामैत्री पूर्वाधारः हाम्रो चाहना
सम्पादकीय
नेपाली क्यालेन्डरले पुनः एउटा पाना फेरेको छ र नयाँ वर्ष २०७१ को आरम्भ भएको छ । हामी हरेक वर्ष वितेका वर्षलाई पुनरावलोकन गरेर नयाँ वर्षका लागि नयाँ केही गर्ने योजनाहरू बुन्ने गर्छौं । ती हाम्रा योजनाहरू कति सफल हुन्छन, कति हुँदैनन । वितेका वर्षलाई पछाडि फर्केर मूल्यांकन गर्ने हो भने अपांगता अधिकारका क्षेत्रमा हामीले केही पाएनौं, केबल सङ्घर्षमा बितायौं भन्दा कुनै फरक पार्दैन ।
नेपाली समाजमा अपांगतालाई हेर्ने दृष्टिकोण सकारात्मक अझै पनि सकारात्मक छैन । अपांगता भएका व्यक्तिभित्र पनि सक्षमता हुन्छ भन्ने कुरालाई अझै पनि गम्भीरतापूर्वक लिइदैन । वास्तवमा अपांगता भएका व्यक्तिहरूमा सांगमा भन्दा बढी जवाफदेहिता र इमानदारिता हुन्छ । उनीहरू आफ्नो कर्तव्यलाई अझ बढी जिम्मेबार रूपमा निर्वाह गर्न सक्छन । समाजमा हेर्यौं भने अपांगता भएका व्यक्तिहरूले सांगहरूले भन्दा बढी जिम्मेबार भएर आफ्नो कार्यसम्पादन गरिरहेका छन्, तर राेजगारदाताहरूले केबल यसलाई रोजगारी दिएका छौं, तलब खाएर बसेको छ भन्ने गलत मानसिकता राखेर हेरिदिँदा अपांगता भएका नागरिकहरू वृत्ति विकासबाट बञ्चित भएका छन् । पहिलो कुरा त अपांगता भएका नागरिकहरूलाई सहजै रोजगारी नै दिइदैन । अघिल्लो वर्षजस्तै गत वर्ष पनि अपांगता भएका व्यक्तिहरूका लागि रोजगारी मेलाको आयोजना गरियो तर निजी क्षेत्रका रोजगारदाताहरूले उत्साही भएर यति जनालाई रोजगारी दिन्छौं भन्न सकेनन । आफ्नै क्षमता र बलबुत्ताले रोजगारी पाएकाहरूलाई पनि प्रोत्साहन गर्ने, अपांगतामैत्री कार्यथलो र वातावरण बनाउने कार्य अति कम छ । हामी यसैका लागि लडाइ लडिरहेका छौं ।
अघिल्लो संविधानसभामा दुई जना भए पनि अपांगता भएका सभासदहरूको प्रतिनिधित्व थियो, तर यस वर्ष एक जनाको पनि प्रतिनिधित्व छैन । सोही कारण विधायिका अर्थात कानुन बनाउने निकायमा अपांगता भएका नागरिकहरूको आवाज पुग्न सक्ने सम्भावना कम छ । राष्ट्रिय अपांग महासंघको अगुवाइमा वितेको वर्ष सरकारद्वारा मनोनयन हुने २६ जनामध्ये कम्तिमा ४ जना अपांगता भएका व्यक्तिको मनोनयन हुनुपर्ने माग राखेर आन्दोलन गरियो, सरकारले तत्काल उक्त मागलाई सम्बोधन गर्नुपर्छ ।
काठमाडौं उपत्यकामा गत वर्ष सडक विस्तार गरियो । विस्तार गरिएको सडक अपांगतामैत्री हुनुपर्छ भनेर हामीले पटक-पटक आवाज उठाउँदै आएका छाैं , सडक मात्र हैन सबै भौतिक पूर्वाधारहरूलाई अपांगतामैत्री बनाइनु पर्छ भन्ने हामी सामूहिक आवाज उठाउन चाहन्छौं ।
अपांगता भएका नागरिकहरूले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता अत्यन्तै न्यून र भेदभावयुक्त छ । पहुँच भएकाहरूले मासिक १ हजार नै पाउँदै आउँदै आएका छन भने पहुँच नपुग्ने आवाज उठाइदिने नहुनेहरूले १ पैसा पनि पाएका छैनन । सर्वोच्च अदालतको परमादेशअनुसार पूर्ण अपांगता भएका व्यक्तिहरूलाई मासिक ५ हजारसम्म भत्ता दिनुपर्ने र उनीहरूका लागि राज्यले नै सहयोगीका व्यवस्था गराई दिनुपर्ने फैसलालाई अबिलम्बन कार्यान्वयन गरिनुपर्छ ।
यी र यी लगायतका यावत अपांगता अधिकारसम्बन्धी यावत मुद्दाहरूमा अागामी वर्ष सरकार, नीतिनिर्माता, प्रशासकहरू र सबै सरोकारवालाहरूको ध्यान गम्भीरतापूर्वक आकर्षण हुन सकोस, नेपालका सबै अपांगता भएका नागरिकहरूले सम्मानपूर्वक बाँच्न पाउने वातावरण बनोस हाम्रो हार्दिक शुभकामना
नयाँ वर्षमा दुई दृष्टिविहीनलाई घर
२०७० चैत ३०, आइतबार झापा : कांग्रेसका विश्वप्रकाश शर्मालगायत केही युवाले दुईजना दृष्टिविहीन दाजुभाइलाई नयाँ घर दिएर नयाँ वर्ष २०७१ लाई स्वागत गरेका छन्। नयाँ वर्ष लाग्ने अघिल्लो दिन आइतबार झापा गौरादह ४ का दृष्टिविहीन दाजुभाइ राम र लक्ष्मण भुजेललाई घरको साँचो जिम्मा दिएर उनीहरूले नयाँ वर्षको स्वागत गरेका हुन्। Read more
Graphic Illustrators wanted in IFES ,people with disability are strongly encourage
अपाङ्गता अनुकूलको भौतिक संरचनाकाे लागी ज्ञापनपत्र बुझाइयाे
काठमाडौं, २८ चैत, अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी चैत २७ गते शिक्षा मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र काठमाडौं जिल्ला विकास समितिका योजना अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । Read more
अपाङ्गता अनुकूलको भौतिक संरचनाकाे लागी ज्ञापनपत्र बुझाइयाे
काठमाडौं, २८ चैत, अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी चैत २७ गते शिक्षा मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र काठमाडौं जिल्ला विकास समितिका योजना अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् ।
विद्यालय तथा सम्पूर्ण विश्वविद्यालयका भौतिक संरचना निर्माण गर्दा अपाङ्गमैत्री शौचालय, लिफ्ट, प्रवेशद्वार र कक्षाकोठा बनाइनुपर्ने र अपाङ्गता अनुकूलको भौतिक संरचना भएको आवासीय शिक्षाको व्यवस्था गरिनुपर्नेलगायत माग राख्दै अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवनपद्धति केन्द्रको अगुवाइमा सिंहदरबारस्थित मन्त्रालयमा पुगेर शिक्षामन्त्री चित्रलेखा यादवलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझ्दै शिक्षामन्त्री यादवले अपाङ्गता भएका व्यक्तिले उठाएका जायज माग पूरा गराउनका निमित्त आफू कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन् ।
