७८ भन्दा बढी अपांगता भएका बालबालिकाको पढाइ संकटमा

June 19, 2019 by · Leave a Comment
Filed under: News 

काठमाडौं  । २०४३ सालबाट बहिरा बालबालिकालाई तथा ०५३ सालबाट गम्भीर प्रकारका बहु अपाङ्गता भएका बालबालिकाका लागि नमूना दिवा कक्षा सञ्चालन गरिँदै आइएको  समुदायमा आधारित पुन:स्थापना (सीबीआर)मा अध्ययनरत विद्यार्थीहरूले अध्ययनका अवसर गुमाउने भएका छन् । Read more

अपाङ्गता भएका व्यक्तिलाई बाख्राका पाठी वितरण

June 5, 2019 by · Leave a Comment
Filed under: News 

उर्लाबारीः अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउने उद्देश्यले मोरङको उर्लाबारी नगरपालिका वडा नं. ८ मा बाख्राका पाठी वितरण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समूह उर्लाबारी वडा नं. ८ को आयोजना र उर्लाबारी नगरपालिका वडा नं. ८ कार्यालयको सहयोगमा कार्यक्रम भएको हो । बुधबार भएको कार्यक्रममा २४ जना अपाङ्गता भएका व्यक्तिलाई बाख्राका पाठी वितरण गरिएको हो । Read more

स्पाइनल इन्जुरी नेटवर्कलाई सवा लाख सहयोग

January 3, 2019 by · Leave a Comment
Filed under: News 

काठमाडौैं । राजधानीको रहेको स्पाइनल कर्ड इन्जुरी नेटवर्कलाई नेपाल म्युजिएम एसोसियसनका समन्वयमा जम्मा भएको रू १ लाख २५ हजार रूपैयाँ हस्तान्तरण गरिएको छ । बाैद्ध, माकलवारीमा रहेको स्पाइनल इन्जुरी नेटवर्कले स्वावलम्बन जीवन पद्धतिमा आधारित होस्टल सञ्चालन गर्दै आएको छ ।

उक्त होस्टलमा बसेर हाल १५ जना अध्ययन गरिरहेको नेटवर्कका सचिव माधव थापाले जानकारी दिए । सहयोग रकम अन्तरराष्ट्रिय म्युजिएम एसोसियसन, नेपाल च्याप्टरका अध्यक्ष, पूर्व सहायक रथी  विजयकुमार थापा र डिसाबिलिटी मिडिया फाउन्डेसन नेपालका संस्थापक गजेन्द्र बुढाथोकीद्वारा संयुक्त रूपमा हस्तान्तरण गरियो ।

नेपाल म्युजिएम एसोसियसनका संयोजक पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले स्वावलम्बन जीवन पद्धतिमा आधारित भइ सक्रिय जीवन बाँचिरहेका स्पाइनल इन्जुरी भएका युवा भाइबहिनीका लागि सानो भए पनि सहयोग गर्न सकिएकोमा सन्तोष व्यक्त गर्दै  सामाजिक कार्यमा सहभागिता बढाउन समाजका सबै तप्काका नागरिकहरूसँग अपील गर्नुभयो ।

स्पाइनल कर्ड इन्जुरी नेटवर्कका उपाध्यक्ष बाबुराम मिश्रले स्पाइनल कर्ड इन्जुरीपछि अध्ययन, जीविकोपार्जन लगायतका विषयमा यावत समस्या हुने बताउँदै कम्तिमा प्लस टु तहसम्म अध्ययन गर्नका लागि सहज होस भनेर होस्टल सञ्चालन गरिएको भए पनि लागतका कारण सञ्चालनमा समस्या भइरहेको बताउनु भयो ।

“हामीले नगरपालिकासँग पनि स्थान उपलब्ध गराइदिन माग गरेका छाैं । मुखले धेरैले सहयोगका बचन दिन्छन, तर फेरि फर्केर आउँदैनन,” भन्दै उहाँले म्युजिएम एसोसियनका तर्फबाट सहयोग उपलब्ध गराउन पहल गरिदिनु भएकोमा डा. बस्न्यातप्रति आभार व्यक्त गर्नुभयो ।

अपांगता अधिकारकर्मी एवं सञ्चारकर्मी बुढाथोकीले स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरूका लागि राज्यले सातै प्रदेशमा जीविकोपार्जनका कार्यक्रमसहितका पुनर्स्थापना केन्द्र स्थापना गर्नुपर्ने माग गर्नुभयो ।

सहयोगीहरूका नामावली

 

UN launches first campaign to eliminate violence against children and adolescents with disabilities in Asia-Pacific

September 25, 2018 by · Leave a Comment
Filed under: News 

Countries in Asia-Pacific have committed to accelerate efforts to promote the rights of, and eliminate violence against, children and adolescents with disabilities.

The pledge came as part of the regional launch of the Global Campaign for the ‘Good Treatment of Girls, Boys and Adolescents with Disabilities in the World’ held in Bangkok on 25 September.

Jointly organized by the Special Envoy to the UN Secretary General on Disability and Accessibility Ms. María Soledad Cisternas Reyes, and the UN Economic and Social Commission for Asia and the Pacific (ESCAP), the launch brought together policymakers, advocates and persons with disabilities to introduce 10 principles for protection, well-being and development for children and adolescents with disabilities, who are at greater risk of experiencing violence.

Children with disabilities are up to four times more at risk of experiencing violence than their peers without disabilities, and in Asia-Pacific, around half of all children with disabilities do not transition from primary to secondary education. As a result, persons with disabilities are up to six times less likely to be employed.

In his opening remarks, Mr. Kaveh Zahedi, Deputy Executive Secretary of ESCAP highlighted that the launch provided a timely opportunity to advance regional efforts to enhance the rights for all persons with disabilities.

“This Campaign is a critical part of our efforts to implement the 2030 Agenda for Sustainable Development and to do so in a way that is leaving no one behind,” said Mr. Zahedi. “In Asia and the Pacific an estimated 690 million persons live with one or more forms of disability. Children and adolescents with disabilities are more vulnerable to degrading treatment and more at risk of experiencing violence. Leaving no one behind means addressing their vulnerabilities. And we must act now.”

Special Envoy to the UN Secretary General on Disability and Accessibility Ms. María Soledad Cisternas Reyes added, “Girls, boys and adolescents with disabilities should always be well treated, like other children and adolescents, protecting them from all forms of violence and abuse. Good treatment will produce positive effects on their physical, mental and social development.”

Policymakers gathered at the launch discussed the challenges faced by children and adolescents with disabilities, and shared national experiences and good practices on advancing their rights in the region.

व्हीलचेयर क्रिकेटमा व्यापक विवाद

September 6, 2018 by · 1 Comment
Filed under: News, समाचार 

पुरस्कारमा अंश खोजेपछि अवसर गुमाउँदै

कुनै समय थियो, जब नेपालका व्हीलचेयर क्रिकेटले अन्तरराष्ट्रिय रूपमा नै ख्याति पाएको थियो । तर, अब यो उदाउँदो इतिहास ओझेलमा पर्ने भएको छ । व्हीलचेयर क्रिकेट एसाेसियनमा अध्यक्ष छुल्ठिम शेर्पाले कब्जा जमाइ टिमका क्याप्टेन  हिमाल अर्यालसहित केही खेलाडीलाई एसोसिसयनसम्बद्ध नभएको सूचना फेसबुकमा जारी गरेपछि विवाद सतहमा आएको हो ।

हिमाल अर्यालको कप्तानीमा रहेको व्हीलचेयर क्रिकेट टाेलीमा डिकाम सेन चेङजोम, भरत कार्की, राजु कटुवाल, डम्बर थापा, दानबहादुर थिङ, खनी नारायण पौडेल, विष्णु अधिकारी, जंगबहादुर रुचालमगर, विपिन पौडेल, यमबहादुर श्रेष्ठ, नवीन राई, रामबहादुर तामाङ र राजु गुरुङलयातका खेलाडीहरू रहेका थिए । यीमध्ये अधिकांश खेलाडीहरू व्हीलचेयर बास्केट बल टिममा समेत सहभागी छन् ।

विवाद के हो?

यो विवाद त्यतिखेर सुरू भयो, जब नेपालले अन्तरराष्ट्रिय खेल जितेपछि सरकारले दिएको १ लाख रूपैयाँको नगदपुरस्कार प्रचलित खेलकूद मापदण्डविपरीत एम्पायर रवीन्द्र गुप्तालाई समेत दिलाइयो । गुप्ताले टिम म्यानेजरका रूपमा सरकारले दिएको पुरस्कार थापेका थिए, जबकी टिम म्यानेजरमा सुमीत श्रेष्ठका नाम थियो । अन्तरराष्ट्रिय खेलकूद मान्यताअनुसार एम्पायरलाई खेलकूद टिमका सदस्य वा म्यानेजर मानिदैन ।

नेपाल सरकारले प्रतिखेलाडी १ लाख रूपैयाँ पुरस्कार दिएपछि अध्यक्ष शेर्पाले सबैसँग प्रतिखेलाडी २५ हजार रूपैयाँ मागेको खेलाडीहरू बताउँछन् ।

“हाम्रै संस्था हो, संस्था चलाउनका लागि हामी ५-१० हजार रूपैयाँ दिन तयार थियाैं, तर छुल्ठिमजीले एकै पटक २५ हजार माग्नु भयाे र अन्य कुनै पनि टुर्नामेन्ट खेल्दा जितेको नगद पुरस्कारमा ५० प्रतिशत एसोसियनलाई दिनुपर्ने नियम लगाउनु भएको छ,” टिम कप्तान हिमाल अर्यालले अपांगता सरोकारसँग भने ।

टिप क्याप्टेनका रूपमा अर्याल अगाडि आए पनि प्रायः सबै खेलाडी नगद कटाैती गर्ने अध्यक्ष शेर्पाका एकल निर्णयबाट असन्तुष्ट छन्।

त्रिकोणीय टि – ट्वान्टी क्रिकेट सिरिजमा जितेको पुरस्कार पनि खेलाडीहरूलाइ नदिएको गुनासो छ ।

यसबाहेक, मदन भण्डारी सपोर्टस एकेडेमीले व्हीलचेयर क्रिकेट एसोसियनलाइ दिएको ५० हजार रूपैयाँबाट आफूहरूले केही नपाएको गुनासो खेलाडीहरूको छ ।

यही विवाद चर्किँदै गएपछि एसोसियन शेर्पाले विवाद गर्नेजति खेलाडीबिना आफैले संस्था एक्ल्याएको आरोप उनीहरूको छ।

टिममा सहभागीमध्ये केही खेलाडीले नाम र उमेरका विवादका कारण अझै पुरस्कारको रकम पाउन सकेका छैनन ।

खेलाडीहरूलाई पर्याप्त सुविधा नदिएको, भारत र बंगालादेशका प्रतियोगितामा जाँदा खानासमेत नखुएको,पुरस्कार पैसामा समेत अंशबण्डा खोज्न थालेको विवादमा खेलाडीहरूले असन्तुष्टि जनाएपछि व्हीलचेयर क्रिकेट एसोसियनको विवाद चर्किँदै गएको हो ।

खेलाडीहरूलाई नै बाइपास गरेर व्हीलचेयर क्रिकेट एसोसियसन नै एक्लाैटी बनाइएपछि नेपालले एसियाकपमा जाने अवसर गुमाएको छ ।

अध्यक्ष शेर्पा आफैले खेल व्यवस्थापन गर्न व्यक्तिगत रूपमा ठूलो रकम खर्च गर्दै आफूले संस्था चलाउनका लागि पनि रकम लिनुपर्ने बताउने गरेका छन् । यस सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा एसोसियसनका अध्यक्ष छुल्ठिम शेर्पासँग सम्पर्क हुनसकेन ।

New project empowers children with disabilities to read confidently

May 6, 2018 by · Leave a Comment
Filed under: News 
REPORT from Handicap International – Humanity & Inclusion

In Nepal, most primary school students are unable to read at grade level. For Nepali children with a disabilities, the outlook is dire, since Nepali children’s capacity and adaptability to learn are rarely screened. Read more

अनुदानमा आएको मोटिभेसन व्हीलचेयर एनजीओबाटै बिक्री

May 1, 2018 by · 4 Comments
Filed under: News, समाचार 

काठमाडौं । नेपालमा शारीरिक रूपमा अपांगता भएका व्यक्तिहरूका जीवनयापन सहजीकरण होस् भनेर व्हीलचेयर फाउन्डेसन, मोटिभेसन यूकेसहितका अन्तर्राष्ट्रिय दाताहरूले अनुदानमा पठाएको व्हीलचेयर नेपालका एनजीओहरूले बेच्ने गरेको पाइएको छ ।

RoughTerrainकाभ्रेको सांगामा रहेको स्पाइनल इन्जुरी रिह्याब सेन्टर (एसआईआरसी)का कर्मचारीहरूले मोटिभेसन यूकेबाट पठाइएका १०० थानभन्दा बढी व्हीलचेयर बेचेकाे खबर बाहिर आएपछि यस कुराको खुलासा भएको हो । Read more

अपाङ्गता भएकाहरुको तथ्याङ्क संकलन गरिने

April 17, 2018 by · Leave a Comment
Filed under: News 

तेह्रथुम, वैशाख ४ – तेह्रथुमको म्याङ्लुङ्ग नगरपालिका क्षेत्र भित्र रहेका सबै प्रकारको अपाङ्गता भएका व्यक्तिहरुको तथ्याङ्क संकलन हुने भएको छ । नगरपालिकाको आर्थिक सहयोगमा अपाङ्गता सशक्तिकरण तथा पुनःस्थापना केन्द्रले तथ्याङ्क संकलन गर्न लागेको हो ।

तथ्यांक संकलनका लागि केन्द्रले गणकहरुलाई दुई दिने तालिम सञ्चालन गरेको छ । सोमबारबाट सुरु भएको तालिममा नगर क्षेत्रका १० जना सहभागी छन् । उनीहरुलाई गणनाका सम्बन्धमा ज्ञान प्रदान गरी गणनाका लागि खटाइने तयारी रहेको छ । Read more

अस्ट्रेलियाका युवा हातैले हिंडेर सगरमाथा बेसक्याम्पमा

April 8, 2018 by · Leave a Comment
Filed under: News 

everestसिड्नी । अस्ट्रेलियाका एक युवा हातैले हिंडेर सगरमाथाको बेसक्याम्प पुगेर किर्तिमानी कायम
गरेका छन् । अस्ट्रेलिया न्यु साउथ वेल्स राज्यको न्यु साउथवेल्सका स्कट डोलन हातैले हिंडेर विश्वको उच्च शिखर सगरमाथाको बेसक्याम्पसम्म पुग्न सफल भएका हुन् । Read more

राष्ट्रिय सभामा चार जनामात्र अपांगता भएका सांसद

February 8, 2018 by · Leave a Comment
Filed under: News 

PWD eclectionकाठमाडौँः  देशमा राजनीतिक परिवर्तनहरू भएपछि  सबै वर्ग र समूहका राजनीतिक अधिकारहरू सुरक्षित भएका आशा गरिए पनि अपांगता भएका नागरिकहरूमाथि अझै पनि ठूलो विभेद भएको पाइएको छ ।

नेपालको संविधान २०७२ ले सबै वर्गका राजनीतिक प्रतिनिधित्व सुरक्षित गरेको भए पनि राजनीतिक दलहरूका कुटिल चालमा अपांगता भएका नागरिकहरू परेका हुन् । राष्ट्रिय जनगणना २०६८ अनुसार कुल जनसंख्याको २ प्रतिशत नागरिकहरू अपांगता भएका मान्दा पनि जनप्रतिनिधित्वका सबालमा राजनीतिक दलहरूले पूरै बेवास्ता गरेका छन् । Read more

Next Page »