बहिरा विद्यार्थीलाई उपाधि

February 23, 2017 by · Leave a Comment
Filed under: News 

बागलुङ, १२ फागुन । छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धवलागिरि बहिरा आवसीय विद्यालयले जितेको छ ।

जिलाका ६६ विद्यालय सम्मिलित जिल्लास्तरीय प्रतियोगितामा पाँच स्वर्ण पदकसहित ११५ अङ्क प्राप्त गरी सो विद्यालयले उपाधि चुमेको हो । ‘रनिङ शिल्ड’ सँगै विद्यालयले रु ५५ हजार ५५५ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । Read more

दृष्टिविहीन विश्वकपः नेपालबाट दक्षिण अफ्रिका पराजित

February 2, 2017 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २० माघ । भारतमा जारी दृष्टिविहीन विश्वकप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई पराजित गर्दै पहिलो जित हासिल गरेको छ ।

नयाँ दिल्लीमा भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हासिल गरेको हो । यसअघि खेलेको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५९ रनले र दोस्रो अस्ट्रेलियासँग १० विकेटले पराजित भएको थिए । Read more

देख्नेले पनि दृष्टि विहीनको अनुभूति गरेपछि…

January 4, 2017 by · Leave a Comment
Filed under: News, समाचार 

 हरि बास्तोला

पोखरा, २० पुस । झट्ट सुन्दा अचम्म पनि लाग्न सक्दछ, विभिन्न कारणले दृष्टि गुमाएकाको दिनचर्या र भोगाइलाई पोखराका विभिन्न कार्यालय प्रमुख, प्रतिनिधि एवम् सर्वसाधारणले केही समय भए पनि अनुभूति गरेका छन् ।

विश्व ‘ब्रेल दिवस तथा २०८ औँं लुइब्रेल’ जयन्तीका अवसरमा सामाजिक जागरणका लागि नारी अभियानद्वारा यहाँ आयोजित अँध्यारो यात्राका सहभागीले आँखा छोपेर सेतो छडीको सहारामा हिँडदा त्यस्तो अनुभूति गरेका हुन । Read more

जिल्ला शिक्षा कार्यालयको लापरबाहीले सुस्त श्रवण भएका बालबालिका शिक्षाबाट बन्चित

दीपक खडका

कपिलवस्तु: कपिलवस्तुको पश्चिम क्षेत्रमा अपाङ्गता भएका बालबालिका  शिक्षाबाट बन्चित भएका छन् । शिक्षा पाउनबाट बन्चित हुनेमा अधिकांश कान नसुन्ने र सुस्त श्रवणका रहेका छन् ।

शिवराज नगरपालिका ११ मा बसोबास गर्दे आएका सुनिता नेपालीले आफ्नो छोरा अंश नेपालीलाई  घर नजिकै रहेको श्री बाल शिक्षा निमावि मा भर्ना नलिएको गुनासो गर्दे भनिन छोरा १० वर्ष पुगिसक्यो, विद्यालयमा भर्ना नै लिँदैनन् । Read more